‘एआई एक्सरे’बाट क्षयरोग सङ्क्रमित खोज्दै ‘तुलसीपुर’

तुलसीपुर (दाङ), २३ जेठ । दाङको तुलसीपुरलाई क्षयरोगमुक्त बनाउनका लागि ‘एआई एक्सरे’ मेसिनबाट सङ्क्रमित पहिचान गर्ने गरिएको छ । तुलसीपुरका १९ वटा वडामध्ये १७ वडामा ‘एआई एक्सरे’बाट क्षयरोगका बिरामी खोजिएको फोकल पर्सन शिवप्रसाद तिवारीले बताए ।
तुलसीपुरको २ र १३ नम्बरमा भने अझै त्यसरी बिरामी खोजिएको छैन । त्यो बाहेक अन्य १७ वडामा ‘एआई एक्सरे’बाट बिरामी खोजिएको उनको भनाइ छ । विभिन्न शिविरमा उक्त मेसिन प्रयोग गरेर सङ्क्रमित खोज्ने गरिएको छ । जसले चिकित्सकलाई क्षयरोग पहिचान गराउन सहज भएको छ ।
“पहिले साधारण एक्सरेबाट क्षयरोग पहिचान गर्ने गरिन्थ्यो,” उनले भने,“अहिले एआई एक्सरेबाट रोग पहिचान गर्ने गरेका छौँ, त्यसले सहज बनाएको छ ।”
एआई एक्सरेले साधारण माइक्रोस्कपी गर्दा पनि नदेखिएको क्षयरोगको सङ्क्रमण देखाउने गरेको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख ओमपी न्यौपानेले बताए । उनका अनुसार एआई एक्सरेमा सङ्क्रमण देखिएमा त्यसको पुष्टीका लागि पुनः ‘जीनएक्सपर्ट’ मेसिनमा परीक्षण गरिन्छ । यो सेवा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको छ ।
“हामीले पहिले एआइएक्सरे मेसिनबाट हेर्छौँ, त्यसपछि जीनएक्सपर्ट मेसिनमा परीक्षण गरेपछि पोजेटिभ देखिएमा उपचार सुरु गर्छौँ”, शाखा प्रमुख न्यौपानेले भने, “यसरी हामीले सङ्क्रमित पहिचान गरी उपचार गर्ने गरेका छौँ ।
सङ्क्रमितलाई ‘डटस्’ अर्थात प्रत्येक दिन निगरानी गरेर औषधि खुवाउने गरिएको छ । यसरी छ महिनासम्म प्रत्येक्ष स्वास्थ्यकर्मीको निगरानीमा औषधि खुवाउने गरिएको शाखा प्रमुख न्यौपानेले बताए ।
तुलसीपुर उपमहानगरपालिकालाई क्षयरोगमुक्त पालिका बनाउने अभियानअन्तर्गत यसरी क्षेयरोग सङ्क्रमितको पहिचान गरि उपचार गर्ने गरिएको छ । हाल उक्त कार्यक्रम दोस्रो वर्षमा सञ्चालित छ । आर्थिक वर्ष २०८१/८२ देखि तुलसीपुरमा उक्त कार्यक्रम सञ्चालनमा आएको हो ।
तुलसीपुर उपमहानगरपालिकाले ९७ प्रतिशत सङ्क्रमितलाई उपचार गरिसकेको प्रमुख न्यौपानेले बताए । चालु आर्थिक वर्षको जेठ १८ गतेसम्म तुलसीपुरमा ३५५ जना सङ्क्रमित पहिचान गरिएको छ । १५ वर्ष मुनीका ३४ जना र १५ वर्ष माथिका ३२१ जनामा क्षयरोग सङ्क्रमण भएको पुष्टि भएको छ । प्रत्येक एक लाखमा २२७ जनामा क्षयरोग सङ्क्रमण देखिएको उहाँको भनाइ छ । हाल तुलसीपुरमा १३ डट्स केन्द्र, चार स्थानमा टीवी माइक्रोस्कपी लागु गरिएको छ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ २३, शनिबार १०:३२‘एआई एक्सरे’बाट क्षयरोग सङ्क्रमित खोज्दै ‘तुलसीपुर’
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २२, शुक्रबार १३:०५डी सिने अवार्ड सम्पन्न,’अन्जिला’ ले जित्यो उत्कृस्ट निर्देशक र फिल्मको अवार्ड
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २२, शुक्रबार १२:५२‘आइ एम जित बहादुर’लाई ‘यू’ प्रमाणपत्र, असार ५ गतेदेखि देशभर प्रदर्शनमा
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २१, बिहीबार २१:२३‘बाः एक योद्धा’ मा सागर, शिशिर, सुप्रिया र शवि









