विश्वकपबाट बाहिरियो उरुग्वे « रिपोर्टर्स नेपाल

काठमाडौं, १३ असार । विश्वकपअन्तर्गत आज भएको खेलमा स्पेनले उरुग्वेलाई १–० गोलले पराजित गरेको छ। स्पेन समूह एचको विजेता बनेको छ भने उरुग्वे विश्वकपबाट बाहिरिएको छ। स्पेनका लागि एलेक्स बेनाले गोल गरे। यसअघिको खेलमा स्पेनले केपभर्डेसँग गोलरहित बराबरी खेलेको थियो। यस्तै, साउदी अरबलाई ४–० ले पराजित गरेको थियाे।
तालिकामा स्पेन सात अंकसहित शीर्षस्थानमा छ । यता, उरुग्वेले साउदी अरबसँग १–१ र केपभर्डेसँग २–२ को बराबरी खेल्दै तालिकामा २ अंक जोडेको थियो। तालिकामा दुई अंकमात्रै हुँदा उरुग्वे बाहिरिएको हो।
केपभर्डे र साउदी अरबबीचको खेल गोलरहित बराबरीमा टुंगिँदा केपभर्डेले तीन अंक जोडेको छ। गोल अन्तरका कारण केपभर्डे साउदीभन्दा एकस्थान माथि हुने भएको छ। केपभर्डेले यसअघि स्पेन र उरुग्वेसँग बराबरी खेलेको थियो। तीन अंकसहित साउदी तेस्रो स्थानमा छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ७, बिहीबार ०८:३५‘एन्जिला’ उत्कृष्ट चलचित्र बन्दै ४ हजार डलरको अवार्ड जित्यो
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ६, बुधबार २२:०८निर्देशक सन्तोषले चलचित्र जाँचपासबाट प्राप्त भत्ता कलाकार थापाको उपचारमा सहयोग
खेलकुद२०८३ श्रावण ६, बुधबार २०:२९१२१ देशका ४७२ खेल पत्रकारले गरे मेस्सीलाई उत्कृष्ट खेलाडी घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ६, बुधबार १८:०९मन्त्रीको उपस्थितिमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल









