फोटो पत्रकार अक्षयकोषमा वरिष्ठ फोटो पत्रकार सुदुर्शन रञ्जितद्वार ६३ हजार प्रदान

पोखरा ।
नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा वरिष्ठ फोटो पत्रकार सुदर्शन रञ्जितले आर्थिक सहयोग गरेका छन् ।
पत्रकार रञ्जितले अक्षयकोषमा नगद ६३ हजार रुपैयाँ सहयोग गरेका हुन् । उनले एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।
पोखरामा रही फोटोको माध्यामबाट पोखराको खेलकुद गतिविधीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर सम्म चिनाउन महत्वपूर्ण योगदान गरेका पत्रकार रञ्जितले कास्कीमा रहेका फोटो पत्रकारहरुको हक हितका लागि स्थापना गरिएको फोटो पत्रकार अक्षयकोषमा सहयोग गरेको बताए ।
साथै उनले देशको विषम परिस्थितीमा समेत उपस्थित भइ फोटोको माध्यामबाट इतिहासलाई जीवन्त राख्न फोटो पत्रकारहरुको भुमिका महत्वपूर्ण रहेको भन्दै उनीहरुको हितको लागि स्थापना गरिएको अक्षयकोषमा पोखराका प्रतिष्ठित घरानाहरुले समेत साथ र सहयोग गर्नुपर्ने उनको भनाइ रहेको थियो ।
सहयोग प्राप्त भएपछि एनपिजेए कास्की अध्यक्ष राम गुरुङले पत्रकार रञ्जित प्रति आभार प्रकट ब्यक्त गर्दै पोखराको खेलकुद इतिहासमा फोटो पत्रकार रञ्जितको विशेष योगदान रहेको बताए । सो अवसरमा वोल्दै नागरिक अभियन्ता रामबहादुर पौडेलले पोखराको इतिहासमा फोटो पत्रकारहरुको भुमिका महत्वपूर्ण रहेको बताए । ६२÷६३ को जनआन्दोलन, २०७२ को भुकम्प र २०८३ को आन्दोलन र विभिन्न ऐतिहासिक गतिविधीहरुमा कास्कीका फोटो पत्रकारहरुले पोखराको इतिहास जीवन्त राख्ने काम गरेको बताउदै आफ्नो तर्फबाट फोटो पत्रकारलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे । पोखराको बीच भाग बाट बग्ने फिर्के खोलाको संरक्षणमा महानगरका केही वडाहरुले भने जस्तो काम नगरेकाले नागरिक समाजको खवरदारीमा साथ र सहयोग गर्न समेत फोटो पत्रकारहरुलाई पौडेलले आग्रह गरे ।
यसैविच फोटो पत्रकार संघ कास्कीले संस्थामा आवद्ध फोटो पत्रकारहरु सुदर्शन रञ्जित एन ओ सी वेष्ट भिडियोग्राफी अवार्ड, संघका सल्लाहकार कृष्णमणि बराल दयाशंकर स्मृति पत्रकारिता पुरस्कार बाट सम्मानित, सल्लाहकार इन्द्र पौडेल संस्कृति संरक्षण पत्रकारिता पुरस्कार, सहसचिव दुर्गा रानामगर पोखरा महानगरपालिका सदस्य सयुवा परिषदले गर्ने युवा पत्रकारिता सम्मान र कार्यसमिति सदस्य सुरेश सुनार विश्वकर्मा समाजबाट सम्मानित भएकोमा र संस्थाका उपाध्यक्ष राधिका कंडेल सञ्चारिका समुह गण्डकीको अध्यक्षमा निर्वाचित भएकोमा बधाइ ज्ञापन गरिएको थियो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22069, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ११, सोमबार १३:४७संविधान कार्यान्वयनमा कानुन अभावदेखि राजनीतिक संस्कृतिसम्मका चुनौतीबिच छलफल
समाचार२०८३ श्रावण १०, आईतवार १०:२९दशाैं पोखरा स्पोर्ट्स अवार्डबाट ७ लाख ७१ हजार रुपैयाँ बचत
समाचार२०८३ श्रावण १०, आईतवार १०:०८फिर्केखोला करिडाेर अभियान अधुरै, अतिक्रमण हटाउन पुनः दबाब
समाचार२०८३ श्रावण १०, आईतवार ०९:५९पोखरालाई वेलनेस पर्यटन गन्तव्य बनाउन बोर्ड सदस्य पोखरेलको जोड








