नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने

काठमाडौँ । अब नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको छ । नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थपिएसँगै प्रयोगकर्ताले विभिन्न रक्तसञ्चार केन्द्रमा कुन रक्त समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी वास्तविक समयमा प्राप्त गर्न सक्ने भएका छन् ।
यस सुविधामार्फत देशभरका रक्तसञ्चार केन्द्रमा उपलब्ध विभिन्न रक्त समूहको रगतको मौज्दात एकै स्थानबाट हेर्न सकिने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य सेवा पहुँचलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले यो सेवा नागरिक एपमा एकीकृत गरिएको हो । यसबाट आकस्मिक अवस्थामा रगत खोज्नुपर्ने बिरामी तथा उनका आफन्तलाई आवश्यक जानकारी छिटो प्राप्त हुने, रक्त व्यवस्थापनलाई सहज बनाउने तथा रक्तसञ्चार सेवाको समन्वयमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १, शुक्रबार १७:४५“खुला पत्र” पोस्टपेड सिममा लाग्ने मासिक रेन्टल शुल्क हटाउने/ घटाउने सम्बन्धमा
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १, शुक्रबार १६:४१‘पेन्सन पट्टा’ को पहिलो गीत सार्वजनिक, दयाहाङ, बुद्धि र विल्सनसँगै गौमाया
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १, शुक्रबार १६:११चलचित्र ‘हजारौँमा एक’ निर्माण घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
खेलकुद२०८३ श्रावण १, शुक्रबार १४:१४विश्वकप २०२६ फाइनलमा स्लाभ्को भिन्चिच मुख्य रेफ्रीमा









