भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि ६४४ जना पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विभिन्न देशका पर्यटक सम्पर्कविहीन भएका हुन् ।
बोर्डका अनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै भारतीय पर्यटक १७८ जना छन् । यस्तै, १२७ नेपाली, ६५ अमेरिकी र ५३ युक्रेनी पर्यटक सम्पर्कविहीन रहेको तथ्यांक छ ।
त्यसैगरी मलेसियाका ५१, अष्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ जना पर्यटक सम्पर्कविहीन छन् ।
बोर्डका अनुसार सिंगापुरका ९, रुसका ८, जर्मनीका ८ तथा लात्भिया र दक्षिण अफ्रिकाका ६/६ जना पर्यटक पनि सम्पर्कविहीन रहेका छन् ।
नेपाल पर्यटन बोर्डले ट्राभल एजेन्सी तथा सम्बन्धित कम्पनीहरूबाट प्राप्त विवरणका आधारमा पर्यटकहरूको तथ्यांक संकलन गरेको जनाएको छ । बाढी प्रभावित क्षेत्रमा पर्यटकको अवस्था यकिन गर्न खोज तथा उद्धार कार्यसमेत जारी रहेको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22421, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र २८, आईतवार १७:२७छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा
समाचार२०८३ भाद्र २८, आईतवार ०४:००रेवान पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत
समाचार२०८३ भाद्र २५, बिहीबार २१:३७प्रदेश प्रमुखसमक्ष प्रदेश लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस
समाचार२०८३ भाद्र २५, बिहीबार १३:२४होटल संघ पोखराद्वारा राहत कोषमा २९ लाख बढी सहयोग








