म्याग्दीको पूर्णगाउँमा स्वास्थ्य एकाइ « रिपोर्टर्स नेपाल

म्याग्दी, १५ भदौ । म्याग्दीको मङ्गला गाउँपालिका–१ पूर्णगाउँमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ । वडास्तरको स्वास्थ्य संस्थामा पुगेर सेवा लिन अपायक पर्ने पूर्णगाउँका बासिन्दाहरुलाई गाउँमै सहज रुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मङ्गला गाउँपालिकाले एकाइ सञ्चालन गरेको हो ।
राष्ट्रिय जनजागृति माविको भवनमा स्थापना भएको एकाइमा गाउँपालिकाले एक जना अनमी खटाएको छ । एकाइबाट पूर्णगाउँका दुई सय घरपरिवार लाभान्वित भएका मङ्गला गाउँपालिकाका वडा सतप्रसाद रोकाले बताए ।
“यहाँका बासिन्दाहरुलाई कुहुँमा रहेको वडास्तरको स्वास्थ्यचौकीमा पुगेर सेवा लिन अपायक हुने गरेको थियो,” उनले भने, “स्वास्थ्य परीक्षण, परामर्श, निःशुल्क औषधि वितरण र खोपसम्बन्धी सेवा दिने व्यवस्था मिलाइएको छ ।”
मङ्गला गाउँपालिकाले यसअघि बुकेनी, हिदी, धारा र कुकुरबिसौनामा पनि सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको थियो । कुहुँ, रणवाङ, अर्मन (हाँडेभिर) र बरङ्जामा स्वास्थ्यचौकी छन् । पूर्णगाउँवासीलाई कुहुँको स्वास्थ्य चौकीमा सेवा लिन जान आउनका लागि दुईदेखि तीन घण्टा समय लाग्ने गरेको थियो ।
सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएपछि स्थानीयलाई आधारभूत स्वास्थ्य सेवा लिन सहज भएको राष्ट्रिय जनजागृति माविको व्यवस्थापन समितिका अध्यक्ष मनिष गौचनले जानकारी दिए ।
“पूर्णगाउँवासीको वर्षौंदेखिको सपना र माग पुरा भएको छ,” उनले भने, “सामुदायिक स्वास्थ्य एकाइको आफ्नै भवन निर्माण नहुँदासम्मको लागि विद्यालयको एक वटा कोठा उपलब्ध गराएका छौँ ।” एकाइको भवन निर्माणका लागि विसं २०७९ पुस महिनामा आयोजना गरिएको महायज्ञमा जग्गा र नगद सङ्कलन भएको थियो ।
दाताले दिएको जग्गा एकाइको नाममा लालपुर्जा बनाउन स्थायी लेखा नम्बर आवश्यक पर्ने भएकाले एकाइ नहुँदासम्म महायज्ञमा घोषणा भएको जग्ग प्राप्ति प्रक्रिया अघि बढ्न सकेको थिएन् । एकाइ स्थापना भएपछि स्थायी लेखा नम्बर, एकाइको नाममा जग्गाधनीपुर्जा र भवन निर्माणको काम अगाडि बनाउने बाटो खुलेको स्थानीयवासी समेत रहेका राष्ट्रिय जनजागृति माविका प्रअ टेकबहादुर राम्जालीले बताए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन ६, मंगलवार २१:५८स्वास्थ्यमन्त्रीले गरे भरतपुर आँखा अस्पतालको अनुगमन
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ६, मंगलवार १५:२९नेपालमा नम्बर १ सहित १३ देशमा ट्रेन्डिङ ‘आचार्य’ » Celebrity Nepal
समाचार२०८३ आश्विन ६, मंगलवार १३:४३कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ५, सोमबार २१:४१फरक शैलीको चंगुलको टाइटल गीत » Celebrity Nepal









