‘यो जुनी रहुन्जेल’ रोमान्टिक गीतको भिडियो सार्वजनिक

‘यो जुनी रहुन्जेल’ रोमान्टिक गीतको भिडियो सार्वजनिक


काठमाडौं । प्रेमभाव र रोमान्टिक कथावस्तु प्रस्तुत गरिएको गीत ‘यो जुनी रहुन्जेल’ को भिडियो सार्वजनिक गरिएको छ। गीतमा गंगा सोनाम र सौगात जंग थापाको स्वर रहेको छ भने गीतका शब्द नवीन कुमार शाहीले लेखेका हुन्।

गीतमा विशाल निरौलाको संगीत संयोजन रहेको छ। प्रेम र सम्बन्धका भावनालाई केन्द्रमा राखिएको भिडियोमा पदम बर्मा, सञ्चिता तथा कला घर टिमको अभिनय रहेको छ।

भिडियोको कन्सेप्ट, कोरियोग्राफी, निर्देशन तथा सम्पादन पदम बर्माले गरेका हुन्। जीवन र कमलले छायांकन गरेको भिडियोमा गौरव श्रेष्ठको कलर ग्रेडिङ रहेको छ।

भिडियोमा प्रेम, समर्पण र जीवनभरको साथलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। सार्वजनिक भएसँगै गीतको भिडियोले दर्शकको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको निर्माण टिमले जनाएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  'कबड्डी ५' को टिजर सार्वजनिक » Celebrity Nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   8   =