Home खेलकुद आईपीएल : राजस्थानसँग बेंगलूरु ६ विकेटले पराजीत

आईपीएल : राजस्थानसँग बेंगलूरु ६ विकेटले पराजीत

15
0

काठमाडौं, चैत २५ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंगलूरु (आरसीबी) लाई छ विकेटले हराएको छ । गएराती भएको खेलमा बेंगलूरुले दिएको एक सय ८४ रनको लक्ष्य राजस्थानले चार विकेट गुमाएर पाँच बल बाँकी छँदा भेट्टाएको हो ।

जितपछि राजस्थान चार खेलमा चार जितसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पाँच खेलमा एकमात्र जित निकालेको बेंगलूरु आठौँ स्थानमा छ । आईपिएलमा आज दुई वटा खेल हुँदै छन् । नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुने खेलमा मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स तथा बेलुका पौने ८ बजे लखनउ सुपर जाएन्ट्स र गुजरात टाईटन्स खेल्दैछन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleइजरायलमा व्यापक प्रदर्शन, बन्धक रिहाईका लागि तत्काल सम्झौता गर्न दवाब
Next articleएसएमएस फ्रेन्डसिप टि -२० क्रिकेट : उपाधिका लागि आज नेपाल र गुजरात भिड्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here