बचतकर्ताको रकम हिनामिना गर्ने राय पक्राउ

काठमाडौँ- कर्णाली विकास बैंकमा रहेको बचतकर्ताको रकम हिनामिना गर्ने बैंकका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर राय पक्राउ परेका छन् । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले यही जेठ १७ गते रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं १ बेलहियाबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार अनुसार पटक–पटक सञ्चालक समिति तथा अध्यक्ष भएका राय बचतकर्ताको रु दुई अर्ब ५० करोडभन्दा बढी रकम हिनामिना गरी फरार थिए । सल्यान घर भइ हाल नेपालगञ्जमा उपमहानगरपालिका–१० बस्ने ६५ वर्षे राय लामो समयदेखि फरार रहेको प्रहरीले जनाएको छ ।
रायविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गतको कसुुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता तथा सूचना अधिकृत युवराज खड्काले जानकारी दिनुभयो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ श्रावण १९, आईतवार १९:१०‘ताराहरू’मा आशान्तको हाँसो र आँशुको द्वन्द्वपूर्ण लुक्स
समाचार२०८२ श्रावण १९, आईतवार १८:५६बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिह लामाद्वारा राजीनामा
समाचार२०८२ श्रावण १९, आईतवार ११:००अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु
समाचार२०८२ श्रावण १९, आईतवार ०७:१५बानियाँ सरकारमा तीन मन्त्री पाउने वचनपछि आज राजीनामा दिँदै लामा