ऐतिहासिक चौतारो वर–पिपलका रूख काट्ने सात जनाविरुद्ध डिभिजन वन कार्यालय कास्कीद्वारा अभियाेगपत्र दायर

पोखरा । पोखरा महानगरपालिका क्षेत्रभित्रका सडक छेउ र सार्वजनिक स्थानमा रहेका पुराना ऐतिहासिक चौतारीका वर र पिपलका रूखहरू गैरकानूनी रूपमा कटान गरिएको घटनामा संलग्न सात जनाविरुद्ध डिभिजन वन कार्यालय कास्कीले कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ।
यस घटनामा संलग्न ठहरिएका व्यक्तिहरूमा मानवसेवा फाउण्डेशन नेपालका प्रवन्धक विष्णु राज गिरी, पाेखरा १४ शुभमार्ग टोलका तारा प्रसाद तिवारी र योगमाया बराल, राधाकृष्ण टोलका अर्जुन बहादुर कार्की र रामकृष्ण अधिकारी तथा साधना मार्गका ज्ञानेन्द्र सार्कीलर रमेश पौडेल रहेका छन्।
पोखरा महानगरपालिका, नगरकार्यपालिका, पोखरा पंक्षी समाज, मेरो नेपाल युवा समाज, वातावरण संरक्षणका लागि महाअभियान कास्की, नागरिक समाज कास्की लगायत संघसंस्थाहरूले यसबारे उजुरी दिएका थिए। साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा पनि उजुरी परेको थियो।
सोही उजुरीका आधारमा अनुसन्धान गर्दा पोखरा–१४ स्थित शुभमार्ग टोल, राधाकृष्ण टोल तथा साधना मार्गमा रहेका चौतारीका वर–पिपलका रूख तथा हाँगाहरू ऐन, नियमावलीअनुसारको प्रक्रिया नपुर्याई आफूखुसी रूपमा काटिएको पाइएको हो।
अनुसन्धानबाट रूख काट्ने प्रक्रिया पूरा नगरी सम्झौता गरेर समिदा बनाउने कोटिहोमको नाममा रकम उठाइने, रूखका हाँगाहरू बेचविखनसमेत गरिएको प्रमाणित भएपछि उक्त कार्यमा संलग्नहरूलाई वन ऐन, २०७६ को दफा ३७ (३) र वन नियमावली, २०७९ को नियम ८४ (६) काे प्रकृया नपुर्याई उक्त कार्य गरेकाे देखिएकाेले वन ऐनको दफा ४९ (घ) अनुसार सजायको मागसहित कारबाही अघि बढाइएको डिभिजन वन कार्यालयले जनाएको छ।
डिभिजन वन कार्यालय कास्कीका सूचना अधिकारी हरि प्रसाद गौतमले साउन १२ गते जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गरिएको जानकारी दिँदै, यस्ता ऐतिहासिक तथा सार्वजनिक महत्वका वृक्षहरूको संरक्षणमा सबै सचेत रहनुपर्ने बताएका छन्।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19130, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ३०, मंगलवार १४:३८हिमालयपारिको अविस्मरणीय यात्रा : चीनमा सिकेका सात दिन
समाचार२०८३ भाद्र ३०, मंगलवार ०७:३४फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीद्वारा रसुवा बाढीपीडितलाई राहत
समाचार२०८३ भाद्र २८, आईतवार १७:२७छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा
समाचार२०८३ भाद्र २८, आईतवार ०४:००रेवान पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत








