सरसफाईमा जुटे वन मन्त्रालयका कर्मचारी, आगजनीबाट ७८ सालदेखिका सबै स्रेष्ता नष्ट

सरसफाईमा जुटे वन मन्त्रालयका कर्मचारी, आगजनीबाट ७८ सालदेखिका सबै स्रेष्ता नष्ट

पाेखरा । गण्डकी प्रदेश सरकार अन्तर्गतकाे वन तथा वातावरण मन्त्रालयका कर्मचारी शनिबारदेखि मन्त्रालयकाे सरसफाई  जुटेका छन् । जेनजी नामक समूहले गरेकाे आन्दाेलनका क्रममा गत मंगलवार मन्त्रालयमा आगजनी गरेपछि मन्त्रालयको अवस्था अव्यवस्थित बनेको थियो।

दुई दिनसम्म प्रहरीले मुचुल्का उठाएपछि कर्मचारीहरूले कार्यालय सफा गर्ने कार्य सुरु गरेका हुन्। आगजनीका कारण मन्त्रालयमा रहेका झण्डै २५ वटा कोठामध्ये लेखा शाखा र दर्ता–चलानी शाखा पूर्णरूपमा जलेर नष्ट भएका छन् भने कतिपय काेठाहरु आंशिक रुपमा जलेका छन् ।

सरसफाईमा जुटे वन मन्त्रालयका कर्मचारी, आगजनीबाट ७८ सालदेखिका सबै स्रेष्ता नष्ट

यससँगै २०७८ सालदेखि २०८२ भदौ २४ गतेसम्मका सम्पूर्ण स्रेष्ता (फाइल र अभिलेख) जलेर नष्ट भएकाे प्रदेश सचिव मोहनराज काफ्लेले जानकारी दिए । उनका अनुसार मन्त्रालयका ल्यापटप, प्रिन्टर, फ्रिज, फेन लगायतका सामग्री चोरिएका छन् भने केही उपकरण जलेर नष्ट भएका छन्। स्टोर शाखामा समेत तोडफोड भई सामान चोरी भएको छ।  मन्त्रीको च्याम्बर तथा दराजसमेत तोडफोड गरिएको छ। ताला तोड्न नसकेका कोठामा भने झ्यालका सिसा फुटाइएको छ।

मन्त्रालयमा रहेका पाँच वटा सरकारी गाडी पूरै जलेर नष्ट भएका छन् भने एउटा गाडीमा तोडफोड भए पनि जलेको छैन। साथै आठ सरकारी मोटरसाइकल र चार स्कुटर  जलेर खरानी भएका छन्।

मन्त्रालय परिसरमा रहेका किचन र सुरक्षा गार्ड बस्ने दुई कोठासहित सबै फर्निचरमा आगलागि र तोडफोड भएको छ। केही प्रयोग गर्न मिल्ने भए पनि अधिकांश सामानहरु जलेर नष्ट भएका छन्।

किचनका भाँडाकुडा समेत चोरी गरी लगिएको र फेरि आईतवार बिहान ल्याएर राखिएको घटना समेत देखिएको मन्त्रालयका कर्मचारीहरूले बताएका छन्। किचनमा भएका जुठा भाँडासमेत चाेरी भएकाे घट्नाले सबैलाई अचम्मित पारेकाे छ । तर कति सामान चोरी भयो र कति फिर्ता ल्याइयो भन्नेबारे यकिन विवरण भने आउन सकेको छैन।

प्रदेश सचिव काफ्लेले आगजनीबाट भएको क्षतिको पूर्ण विवरण संकलन भइरहेको बताए। उनका अनुसार प्रारम्भिक रुपमा कार्यालयका संरचना, फर्निचर, सवारीसाधन र अभिलेखमा ठूलो क्षति पुगेको छ।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19580, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   5   =  

Protected by Spam Master