चन्द्रोदय मा.विमा आगलागी नियन्त्रण सिमुलेशन तथा मोक ड्रिल कार्यक्रम

धादिङ, ०९ मङ्सिर ९ गते ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ स्थित चन्द्रोदय माध्यमिक विद्यालयमा आगलागी नियन्त्रण सिमुलेशन तथा मोक ड्रिल कार्यक्रम गरिएको छ। विद्यार्थी तथा शिक्षकहरूलाई वास्तविक जोखिमका बेला अपनाउनुपर्ने सुरक्षा मापदण्डबारे व्यवहारिक ज्ञान प्रदान गर्ने उद्धेश्यले कार्यक्रम गरिएको हो ।
कार्यक्रममा ३५० भन्दा बढी विद्यार्थी तथा ५० भन्दा बढी शिक्षकहरूको सक्रिय उपस्थिति रहेको थियो। सहभागीहरूलाई आगो नियन्त्रणका प्रारम्भिक तरिका, आपतकालीन क्रममा सुरक्षित रूपमा निष्कासन कसरी गर्ने, प्राथमिक प्रतिक्रिया कसरी दिने भन्ने विषयमा प्राविधिक टोलीले प्रशिक्षण इिदएको थियो।
गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले भन्नुभयो, “विद्यार्थी तथा युवाहरू विपद् पूर्वतयारीदेखि प्रतिक्रिया र पुनःस्थापनासम्म अग्रपंक्तिमा रहने शक्ति हुन्। यस्ता सिमुलेशन अभ्यासहरूले विद्यालय मात्र होइन, सम्पूर्ण समुदायमा सुरक्षा संस्कृतिको प्रवद्र्धन हुन्छ।”
एक्सन नेपालका कार्यक्रम संयोजक रञ्जन पौडेलले विपद् व्यवस्थापनको मूल जरो स्थानीय तहमै भएको बताउनुभयो । उहाँले नियमित मोक ड्रिल र स्थानीय सीपका माध्यमबाट समुदायलाई अझ सक्षम बनाउन सकिने धारणा राख्नुभयो । “आपतकालीन क्षणमा प्रभावकारी रूपमा प्रतिक्रिया दिन स्थानीय ज्ञान, अभ्यास र समन्वय नै सबैभन्दा महत्वपूर्ण आधार भएको पौडेलले बताउनुभएको छ ।
एक्सन नेपालले डिसिएको सहयोगमा सञ्चालित EFFORT परियोजनाअन्तर्गत बेनीघाट रोराङ गाउँपालिकाको समन्वयमा सम्पन्न भएको हो।एक्सन नेपालले विद्यार्थी, शिक्षकहरू र सरोकारवालालाई आवश्यक आपतकालीन प्रतिक्रिया सीप प्रदान गर्दै जोखिम–सूचित र दिगो रूपमा सक्षम समुदाय निर्माणप्रति आफ्नो प्रतिबद्धता निरन्तर कायम राखेको जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत रामबाबु पौडेल तथा विभिन्न विभागीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
एक्सन नेपालका कार्यकारी निर्देशक कमलराज ढुंगाना, परियोजना संयोजक रञ्जन पौडेल तथा परियोजना टोलीको सहभागिता रहेको कार्यक्रममा भैरव गण, गजुरी व्यारेक, नेपाल रेडक्रस सोसाइटी धादिङ शाखा र विद्यालयका प्राविधिक टोलीले प्राविधिक सहयोग गरेका थिए ।





लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २१, शनिबार १९:३२एडभान्स एकेडेमीमा प्री-प्राइमरी ग्राजुएसन समारोह भव्य रूपमा सम्पन्न
समाचार२०८२ चैत्र २१, शनिबार १८:५७युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २१, शनिबार ०९:३०कलाकार सागर लम्साल पक्राउ | Celebrity Nepal
खेलकुद२०८२ चैत्र २१, शनिबार ०८:३९पञ्जावको लगातार दोस्रो जित « रिपोर्टर्स नेपाल







