काउन्सिलका पूर्व अध्यक्षहरूसँग समसामयिक विषयमा छलफल


काठमाडौँ, २९ मङ्सिर ।
प्रेस काउन्सिल नेपालले पूर्वअध्यक्षहरूसँग समसामयिक विषयमा छलफल गरी सुझाव सङ्कलन गरेको छ । निवनियुक्त अध्यक्ष डा. कुमार शर्मा आचार्यले पूर्वअध्यक्षहरूका अनुभव र सुझावअनुसार संस्थालाई अघि बढाउन चाहेको बताउनुभयो । आफू संस्थाका लागि नयाँ भएको र विगतमा भए/गरेका काम र थाँती रहेका कामबारे अग्रजहरूसँग जानकारी लिनका लागि छलफल आयोजना गरिएको उहाँको भनाइ थियो ।
छलफलमा आफ्ना अनुभव राख्दै पूर्व कार्यवाहक अध्यक्ष सोमनाथ घिमिरेले तत्कालीन समयमा सल्लाहकार समितिसमेत गठन गरी समितिको सुझावअनुसार काम गर्ने गरिएको उल्लेख गर्नुभयो । उहाँले तत्कालीन समय र अहिलेको पत्रकारितामा धेरै भिन्नता रहेको बताउँदै अहिले पत्रकारिताको विश्वसनीयता मर्दै गएको उल्लेख गर्नुभयो ।यस्तै पूर्व कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले काउन्सिल अन्तर्गत रहेको वितरण सम्परीक्षण समितिबाट हुने पत्रपत्रिका वर्गीकरणको मूल्याङ्कनको आधार मापदण्ड समाचारको विषयवस्तुका आधारमा गराउन सुझाव दिनुभयो ।
काउन्सिलका निवर्तमान अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलले आफ्नो क्षेत्राधिकारभित्रको कार्य गर्न पनि ऐन तत्काल संशोधन हुनु आवश्यक रहेको औँल्याउँदै ऐन संशोधन नहुँदासम्म कार्यविधि र निर्देशिका बनाएर काम गर्न सुझाव दिनुभयो । काउन्सिलमा राजनीतिक परिस्थितिले कहिलेकाहीँ प्रहारसमेत हुने भन्दै उहाँले स्वायत्त संस्था भएकाले आफ्नै ऐन कानुन, निर्देशिका र मापदण्डअनुसार चल्ने कुरा सबैलाई बुझाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । मुख्य अधिकृत झबिन्द्र भुसालले सहजीकरण गरेको कार्यक्रम सदस्य पदमराज जोशीले धन्यवादसहित समापन गर्नुभएको थियो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2025/12/15/11331/, www.presscouncilnepal.gov.np
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ६, शनिबार २०:२५फेज–टु यात्रामा सल्युट गोर्खाका १०७ प्रशिक्षार्थी, बिदाइसँगै सफलताकाे शुभकामना
समाचार२०८३ भाद्र ५, शुक्रबार १०:४१पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी
समाचार२०८३ भाद्र ४, बिहीबार १९:०६पोखरामा भदौ २० गते ‘ओशो मेगा क्याम्प’ आयोजना हुँदै
समाचार२०८३ भाद्र ४, बिहीबार १४:५१पोखरामा चार हजारभन्दा बढी धावक सहभागी हुने ‘राइट टु प्रोटिन रन’ हुँदै








