१४ औं पोखरा महोत्सवको सह प्रायोजकमा सिटिजन फर्निचर

पोखरा ।
१४ औं संस्करणको पोखरा महोत्सवको सह प्रायोजकमा रहेर सिटिजन फर्निचरले साथ दिने भएको छ । युनाईटेड क्लब पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं संस्करणको पोखरा महोत्सवमा पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको सिटिजन फर्निचरले सह प्रायोजकको भुमिकामा रहेर साथ दिने भएको हो ।
मंगलबार सिटिजन फर्निचरका सञ्चालक दीपक कार्की र युनाईटेड क्लबका प्रथम उपाध्यक्ष शान्त बहादुर थापा, कोषाध्यक्ष जयराम आचार्य र कार्यसमिति सदस्य पूर्ण कुमार श्रेष्ठ बिच महोत्सवको सह प्रायोजक गर्ने बारे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सिटिजन फर्निचरले तेस्रो मुलकुबाट आयातित अत्याधुनिक आकर्षक घरायसी तथा अफिसियल फर्निचर र फर्निसिङका सामान विक्रि गर्दै आएको छ । सिटिजनले यसअघि १२ औं संस्करणको पोखरा महोत्सवमा टिकट प्रायोजनमा समेत रहेर महोत्सवलाई साथ दिदै आएको थियो ।
मंगलबार आयोजित सम्झौता कार्यक्रममा बोल्दै सिटिजन फर्निचरका सञ्चालक दीपक कार्कीले सामाजिक सेवामा लागेको युनाईटेड क्लब संग सिटिजन फर्निचरले पोखरा महोत्सवको माध्यामबाट सहकार्य गर्न पाउदा खुसी लागेको बताए ।
युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनात्मक काम गरेको र सिटिजन फर्निचर समेत उक्त सामाजिक काममा संलग्न हुन पाउनु आफैमा गर्वको कुरा भएको बताउदै कार्कीले युनाईटेड क्लब संग आगामी महोत्सवहरुमा समेत सहकार्य गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।
सो अवसरमा वोल्दै युनाईटेड क्लबका प्रथम उपाध्यक्ष शान्त बहादुर थापाले सिटिजन फर्निचर संगको सहकार्यले पोखरा महोत्सवलाई भब्य र सभ्य बनाउन थप मदत पुगेको बताए ।
त्यस्तै क्लबका कोषाध्यक्ष जयराम आचार्यले विभिन्न ब्यवसायीक संघ संस्थाहरुको साथ र सहयोगकै कारण पोखरा महोत्सव १४ औंं संस्करण सम्म आइपुगेको र १४ औं संस्करणको पोखरा महोत्सवमा सिटिजन फर्निचर सह प्रायोजकको रुपमा जोडिदा पोखरा महोत्सवको गरिमा थपिएको बताए । पोखरा महोत्सवको मुख्य प्रायोजकमा बेटर रहेको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20273, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ २८, मंगलवार २३:३२आहा ! रारा गाेल्डकप : आयाेजक सहारा क्लवकाे विजयी सुरुवात,गोर्खा इन्टरनेशनल फुटबल क्लब १-० ले पराजित
समाचार२०८२ माघ २८, मंगलवार १०:२७लेउवा संघको आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम
समाचार२०८२ माघ २७, सोमबार ११:३४भक्तपुर उवासंघको टोलीलाई लेखनाथमा स्वागत
समाचार२०८२ माघ २६, आईतवार २०:४२मंगलबारदेखि शुरु हुने २५ ओैं आहा ! रारा पोखरा गोल्ड कपकाे तयारी पूरा, विजेताले १४ लाख पाउने






