सीडी विजय अधिकारी र समिक्षा अधिकारीको स्वरमा नयाँ म्युजिक भिडियो सार्वजनिक

सीडी विजय अधिकारी र समिक्षा अधिकारीको स्वरमा नयाँ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । गायक–गायिका सीडी विजय अधिकारी र समीक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ। ऋषिराम सिग्देलको शब्द रचना रहेको गीतमा संगीत स्वयं सीडी विजय अधिकारीले दिएका हुन् भने राजु कार्कीले एरेञ्ज गरेका छन्।

गीतको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ राजकुमार बगरले त्रिवेणी डिजिटल स्टुडियोमा सम्पन्न गरेका हुन्। भिडियोतर्फ उत्तम हुमागाईंको क्यामेरा, प्रविण भट्टको सम्पादन र मिलन विश्वकर्माको कलर रहेको छ। मेकअप तथा हेयरमा प्रतिक्षा खत्रीको योगदान रहेको छ। भिडियोको निर्देशन सन्तोष राजबहाकले गरेका हुन्। राजबहाकले अडियो अनुसार नै सुन्दर भिडियोको परिकल्पना गरेका छन्। भिडियोमा सुधिर श्रेष्ठ,कृति श्रेष्ठ र चेतना काफ्ले फिचर्ड छन्।

संगीत र दृश्य संयोजनमार्फत भावनात्मक प्रस्तुति दिने उद्देश्यसहित तयार गरिएको यो भिडियो सार्वजनिक भएसँगै दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त हुने अपेक्षा गरिएको छ। भिडियो सीडी विजय अधिकारीको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  वाग्लेलाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान, जयन र कुवेरलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   9   =  

Protected by Spam Master