हेमजामा आलु महोत्सव सुरु, आलु प्रतिकेजी ३५ रुपैयाँमा खरिद गर्न सकिने

हेमजामा आलु महोत्सव सुरु, आलु प्रतिकेजी ३५ रुपैयाँमा खरिद गर्न सकिने

पोखरा। राष्ट्रिय हेमजा आलु महोत्सव आजदेखि सुरु भएको छ ।

“सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक” भन्ने नाराका साथ सुरु उक्त महोत्सव आउँदो वैशाख ५ गतेसम्म चल्नेछ ।

महोत्सव उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले कृषि उपजका नाममा महोत्सव हुनु आफैमा महत्वपूर्ण भएको उल्लेख गर्दै आलु महोत्सवले समग्र पोखरालाई नै ब्राण्डीङ गर्न सफल भएको सुनाए । उनले आलु महोत्सवलाई महानगरले प्राथमिकतामा राखेको उल्लेख गर्दै सोही अनुसार रातो कितावमा समेटिएको स्पष्ट पनि पारे ।

हेमजाका विकास आयोजना चौरासी नहर, साँझाचोक तिब्वतीयन क्याम्प सडक तथा सुईखेत खोला व्यवस्थापन लगायतका योजना महानगरको प्राथमिकतामा रहेको पनि उनले उल्लेख गरे ।

महानगरपालिका प्रवक्ता समेत रहेका पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिम्सिनाले महानगर किसानको पक्षमा रहेको दावी गर्दै आलु महोत्सव हेमजावासीको चाड भएको भनाई राखे । उनले कृषि मर्यादित, गर्वलायक पेशा भएको जनाउँदै आलु महोत्सवका कारण हेमजा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनिन सफल भएको दावी गरे ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले महोत्सवले कृषिमा आत्मनिर्भर हुनुपर्ने संदेश दिएको उल्लेख गर्दै महानगर कृषि, पर्यटन तथा व्यापार मार्फत स्थानीयको जीवनस्तर उठाउन लागि परेको भनाई राखे। उनले त्यस क्रममा आलुको इतिहासमा बारेमा स्पष्ट पनि पारे ।

मूल समारोह समितिका अध्यक्ष वसन्तकुमार श्रेष्ठले सरोकारवालाको साथ सहयोगमा आलु महोत्सवलाई निरन्तरता दिन पाएकोमा खुशी व्यक्त गर्दै महोत्सव मार्फत पोखरामा कृषि पर्यटक बृद्धि हुने अपेक्षा सुनाए । महोत्सवको जननी संस्था किसान बहुउद्देश्यीय सहकारी संस्थालाई धन्यवाद दिर्दै संयोजक श्रेष्ठले कृषि जीवन बचाउने कर्म भएको चर्चा गरे ।

महोत्सव सुरु हुनुपुर्व हेमजा स्थित विष्णुपादुका माईस्थानबाट बाजा गाजा सहित कृषि झाँकी ¥याली निकालियो । उक्त ¥याली मिलनचोक, साँझाचोक हुँदै महोत्सव स्थल विष्णुपादुका खेलमैदान प्रवेश गरेसँगै मूल समारोहमा परिणत भयो ।

महोत्सव अन्तर्गत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, वोट विरुवा, परीक्षण तथा रोग निधान, कृषक र कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम हुनेछन् ।

त्यस्तै कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारका प्रस्तुति लगायत विभिन्न कृषि उपज विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी लगायतका गतिविधि पनि संचालन गरिने आयोजक विष्णुपादुका क्लवले जनाएको छ ।

महोत्सवमा आलुको परिकारको एउटा स्टल, ३० वटा कृषि स्टल तथा अन्य सय वटा व्यापारीक स्टल छन् । महोत्सव प्रवेशका लागि साधारणतर्फ रु.१ सय तथा विद्यार्थीलाई परिचयपत्रका आधारमा ५० रुपैयाँमा टिकट व्यवस्था गरिएको छ । त्यहाँ प्रतिकेजी रु.३५ मा आलुको कारोवार भइरहेको छ ।

मुल आयोजक समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सचिव विपीन पौडेलले स्वागत तथा महासचिव विकल थापाले कार्यक्रम संचालन गरे ।

महोत्सवको दोस्रो दिन शनिवार कलाकारहरु शान्तिरानी परियार, परशुराम अधिकारी, सुनिल गायक लगायतकाे प्रस्तुति पनि रहनेछन् ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21278, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   2   =  

Protected by Spam Master