‘गौँथली’को अनौठो प्रचार अभियान : डोकोमा घाँस बोकेर सडकमा उत्रिइन् अभिनेत्री सिम्रन

‘गौँथली’को अनौठो प्रचार अभियान : डोकोमा घाँस बोकेर सडकमा उत्रिइन् अभिनेत्री सिम्रन

आगामी साउन १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलर युट्युबको ट्रेन्डिङको पहिलो स्थानमा पुगेको छ।

काठमाडौं । चलचित्र ‘गौँथली’ ले प्रचार–प्रसारमा फरक शैली अपनाएको छ। चलचित्रकी मुख्य अभिनेत्री सिम्रन खड्का शनिबार डोकोमा घाँस बोकेर काठमाडौं र ललितपुरका सडकमा पुग्दै दर्शकमाझ प्रत्यक्ष रूपमा सिनेमा प्रचारमा सहभागी भइन्।

काठमाडौंका व्यस्त सडक र हजारौँ मानिसको भीडबीच डोकोमा घाँस बोकेर हिँडिरहेकी सिम्रनलाई देख्नेहरू उत्सुक बने। धेरैले उनीसँग सेल्फी खिचे भने चलचित्रबारे जिज्ञासा पनि राखे। चलचित्रमा उनले निर्वाह गरेको पात्रकै पहिरन र रूपमै दर्शकमाझ पुगेकी सिम्रनले सबैलाई ‘गौँथली’ हेर्न आग्रह गरिन्।

सुरुदेखि नै प्रचारमा सिर्जनात्मक शैली अपनाउँदै आएको निर्माण टिमले यसपटक अभिनेत्रीलाई चलचित्रकै चरित्रमा प्रस्तुत गर्दै काठमाडौंको वसन्तपुर र ललितपुरको पाटन क्षेत्रमा दर्शकसँग प्रत्यक्ष भेटघाट गराएको हो। यस क्रममा उनले दुई हजारभन्दा बढी दर्शकसँग भेट गर्दै चलचित्रको कथा, विषयवस्तु र प्रदर्शन मितिसहितको ब्रोसर वितरण गरिन्।

अभिनेत्री सिम्रनका अनुसार प्रत्यक्ष रूपमा दर्शकमाझ पुग्दा उत्साहजनक प्रतिक्रिया प्राप्त भएको छ। “हामीले नयाँ तरिकाले दर्शकमाझ पुगेर चलचित्र हेर्न आग्रह गरेका छौँ। धेरैले ट्रेलर र अन्तर्वार्ता हेरेपछि चलचित्र हेर्ने निर्णय गरिसकेको बताउनुभयो,” उनले भनिन्। “कतिपयले त हलमा हेर्न जाँदा चलचित्र प्रदर्शनमा नरहेको अनुभवसमेत सुनाउनुभयो।”

दर्शकसँग प्रत्यक्ष संवाद गर्न पाउँदा निकै सकारात्मक अनुभव भएको बताउँदै उनले यस्तो प्रचार अभियानले आफूहरूमा थप आत्मविश्वास बढाएको उल्लेख गरिन्।

निर्देशक कपिल रिजालको निर्देशन रहेको ‘गौँथली’ यतिबेला चर्चामा छ। आगामी साउन १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलर युट्युबको ट्रेन्डिङको पहिलो स्थानमा पुगेको छ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपाली देखिएका छन्।

यो पनि पढ्नुहोस् :  ‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक, दिलको हल्दी डे झल्कियो

चलचित्रकी कार्यकारी निर्माता सरला रिजाल हुन् भने निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन्। इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा आबद्ध छन्।

डा. भोला रिजालको कथामा आधारित यस चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा लेखेका हुन्। गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको चलचित्रमा हरि हुमागाईंको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   4   =