‘सिन्दुरे जात्रा’को टिजरमा प्रेम र धोका » Celebrity Nepal
सेलिब्रेटी नेपाल । मंसिर १८ गते रिलिज हुने चलचित्र ‘सिन्दुरे जात्रा’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा सिनेमा मुख्य तीन कलाकार विजय बराल, अञ्जना बराइली र विनोद न्यौपाने देखिएका छन् । टिजरमा प्रेम, खुसी, धोका र पीडा समेटिएको छ ।
मौलिक परम्परागत संस्कृतिबाट सुरु हुने टिजरमा सुरुमा विजय र अञ्जनाको प्रेम, विवाह र खुसी छ । त्यसपछि टिजरमा द्वन्द्व सिर्जना गर्न एन्टागोनिस्ट विनोद न्यौपानेको प्रवेश हुन्छ । उनको प्रवेशसँगै वियोगमा फसेका विजयको अवस्था र अञ्जनाले व्यहोरेको धोका र त्यसपछिको पीडा टिजरमा देखिन्छ ।
प्रेमिल कथा र घटनाक्रमबाट सुरु हुने टिजर धोकासँगै कलाकारको दुःखले सिर्जना गर्ने इमोसनमा गएर टुंगिन्छ । गाउँको सेटअपले धेरैलाई नोस्टाल्जिया सिर्जना गर्छ ।
‘सिन्दुरे जात्रा’लाई सरोज पौडेलले निर्देशन गरेका छन् । यो सिनेमामा नेपाली सिनेमा उद्योगकै बक्सअफिसको ब्लकबस्टर जोडी विजय बराल र अञ्जना बराइली छन् । उनीहरुको यो दोस्रो सहकार्य हो । यसअघि यो टिमले नेपाली चलचित्र इतिहासकै सर्वाधिक सफल मानिएको ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेको थियो ।
चलचित्रमा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय देख्न सकिनेछ ।
सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा निर्देशक पौडेल स्वयंको कथा छ ।
सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता नेम महर्जन हुन् । सह–निर्माताका रूपमा राकेश खड्का र श्याम मगर छन् भने एसोसिएट निर्माता सुमन रञ्जित र लाइन निर्माता अनिश अधिकारी रहेका छन् ।
दिनेश खड्का कार्यकारी निर्माता रहेको चलचित्रका पदमबहादुर श्रेष्ठ (बाबु) डीओपी, सुरेन्द्र पौडेल सम्पादक र विशाल घिमिरेको क्रिएटिभ निर्देशक रहेका छन् । यस चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ मंसिर ४, बिहीबार १८:५८चितवनले दियो सुदूरपश्चिमलाई १३४ रनको विजयी लक्ष्य
खेलकुद२०८३ मंसिर ४, बिहीबार १४:०१दशौँ राष्ट्रिय खेलकुद: दुई प्रदेशका कुन-कुन जिल्लामा हुँदैछ ?
स्वास्थ्य/जानकारी टिप्स२०८३ मंसिर ४, बिहीबार ११:००भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो « रिपोर्टर्स नेपाल
समाचार२०८३ मंसिर ४, बिहीबार १०:५२भैँसेमा सुमो दुर्घटना, तीन जनाको मृत्यु




