पुष्पलाल रोकाया ‘ज्वाला’को पहलमा फुलकन्ट्याक्ट कराते खेलाडीलाई जनही ६० हजारसम्म नगद पुरस्कार घोषणा
काठमाडौं। नेपाली खेलकुद क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै खेलकुद विकास र खेलाडीको प्रोत्साहनमा योगदान पुर्याउँदै आएका पुष्पलाल रोकाया ‘ज्वाला’को पहलमा नेपाल क्योकुशिन कराते संघ (KWF Nepal) ले फुलकन्ट्याक्ट कराते खेलाडीका लागि आकर्षक नगद पुरस्कार घोषणा गरेको छ।
बझाङ जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्षसमेत रहेका रोकायाले जिल्लाको समग्र खेलकुद विकासदेखि राष्ट्रिय स्तरमा कराते खेलको प्रवर्द्धन र खेलाडीको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत फुलकन्ट्याक्ट कराते विधाको राष्ट्रिय प्रतियोगितामा छनोट हुन सफल संघका खेलाडीलाई प्रोत्साहनस्वरूप प्रतिखेलाडी ५ हजार रुपैयाँ पोषण भत्ता तथा मायाको चिनोस्वरूप टी–सर्ट प्रदान गर्ने घोषणा गरिएको छ।
त्यसैगरी, दशौँ राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगितामा पदक जित्ने खेलाडीका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। जसअनुसार महिला तथा पुरुषका प्रत्येक तौल समूह र काता विधामा प्रथम हुने खेलाडीलाई ६० हजार रुपैयाँ, द्वितीय हुनेलाई ३० हजार रुपैयाँ र तृतीय हुनेलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
नेपाल क्योकुशिन कराते संघ (KWF Nepal) का अनुसार पुरस्कार वितरण कार्यक्रम २०८३ मंसिर १४ गते सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुनेछ।
रोकायाको खेलकुद क्षेत्रप्रतिको योगदान बझाङ जिल्लाको खेलकुद विकासमा समेत देखिएको छ। जिल्ला खेलकुद विकास समितिको नेतृत्वमा रहँदा उहाँले जिल्लाको खेलकुदलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
उहाँकै कार्यकालमा सम्पन्न १५औँ सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बझाङ जिल्लाले तृतीय स्थान हासिल गरेको थियो। त्यस्तै, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तथा तत्कालीन दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका प्रदेश छनोट प्रतियोगितामा समेत बझाङले तृतीय स्थान हासिल गर्न सफल भएको थियो। जिल्लाको खेलकुद क्षेत्रमा हासिल भएका यी उपलब्धिको कदर गर्दै प्रदेश खेलकुद परिषद्ले बझाङ जिल्लालाई सम्मानसमेत गरेको थियो।
खेलाडीको मेहनत, अनुशासन र प्रतिभाको उचित सम्मान गर्दै उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप उत्कृष्ट प्रदर्शनका लागि प्रोत्साहित गर्ने उद्देश्यले पुरस्कार कार्यक्रम ल्याइएको हो।
खेलकुदलाई केवल प्रतिस्पर्धा र पदक प्राप्त गर्ने माध्यमका रूपमा मात्र नभई युवाको अनुशासन, आत्मविश्वास र राष्ट्रको पहिचानसँग जोडिएको क्षेत्रका रूपमा विकास गर्नुपर्ने मान्यता राख्दै रोकायाले खेलाडीको सम्मान र प्रोत्साहनलाई प्राथमिकता दिएका छन्। उहाँको यस पहलले फुलकन्ट्याक्ट कराते खेलाडीमा थप उत्साह र ऊर्जा थप्नुका साथै नेपाली कराते खेलको विकासमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ मंसिर ७, आईतवार २१:०८शिक्षालाई रोजगारीसँग जोड्न नीतिगत सुधार आवश्यक : सभापति श्रेष्ठ
समाचार२०८३ मंसिर ७, आईतवार २०:३३प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच शिष्टाचार भेट
खेलकुद२०८३ मंसिर ७, आईतवार १७:३५पुष्पलाल रोकाया ‘ज्वाला’को पहलमा फुलकन्ट्याक्ट कराते खेलाडीलाई जनही ६० हजारसम्म नगद पुरस्कार घोषणा
समाचार२०८३ मंसिर ७, आईतवार ०७:१५प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै




