बुद्धले देखाउनुभएको शान्ति र शिक्षा अँगाल्नुको विकल्प छैन:मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विभिन्न जातजाति, धर्म र संस्कृतिमा धनी नेपालमा बुद्धले देखाउनुभएको शान्ति र शिक्षाको मार्गलाई अँगाल्दै अगाडि बढ्नुको विकल्प नभएको बताउनुभएको छ ।
बैदाम तामाङ सेवा समाजद्वारा पोखरा–६ को खहरेमा निर्माण गरिएको पेमा धेछेनलिङ गुम्बाको आज उद्घाटन गर्दै उहाँले अन्तिम सत्य शान्ति भएको विचार राख्नुहुँदै बुद्धले दिनुभएको सन्देश विश्वभर फैलिएको बताउनुभयो । “मानिस धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य शान्ति नै हो, बुद्धका सन्देशहरू नेपालमा मात्र नभएर विश्वमै फैलिरहेका छन्”, उहाँले भन्नुभयो ।
नयाँ पुस्तालाई संस्कार, संस्कृतिका साथै रीतिरिवाज हस्तान्तरण गर्दै सयौँ वर्षदेखि कायम सामाजिक सद्भाव अझ बलियो बनाउन आवश्यक भएको उहाँको भनाइ थियो । “बुद्धले विश्वमा जसरी शान्तिको सन्देश फैलाउनुभयो, त्यसरी नै हामी सबै नेपालीले शान्तिको बाटो अँगाल्दै अगाडि बढ्नुको विकल्प छैन”, उहाँले भन्नुभयो ।
रु दुई करोड ७५ लाखको लागतमा निर्माण गरिएको गुम्बामार्फत विदेशी तथा स्वदेशी पर्यटकको बसाइ लम्ब्याउने विश्वास लिइएको बताउँदै मुख्यमन्त्री पाण्डेले यसै गुम्बामा हुने बुद्ध मार्गका प्रवचनले विश्वमा शान्तिको सन्देशसमेत पुग्ने बताउनुभयो ।
सो अवसरमा बैदाम तामाङ सेवा समाजका अध्यक्ष गौबहादुर (ज्याक) तामाङ, बुद्ध जयन्ती समारोह कास्कीका अध्यक्ष चन्द्रबहादुर गुरुङ, तामाङ घेदुङ सङ्घका पूर्वअध्यक्ष धनप्रसाद तामाङ, नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीलगायतले भनाइ राख्नुभएको थियो ।
गुम्बामा मङ्सिर २ देखि ९ गतेसम्म प्रज्ञा पारामिता त्रिपिटक कङ्ग्युर वाचन, विश्व शान्ति पूजा, गुम्बाको प्राण प्रतिष्ठालगायतका पवित्र काम हुने छ । देश विदेशबाट जम्मा हुनुभएका एक सय आठ लामा धर्मगुरुले लगातार आठ दिनसम्म कङ्ग्युर पाठपूजा गर्नुहुनेछ । सो गुम्बामा २८ फिट अग्लो अमिताभ बुद्धको प्रतिमा राखिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ बैशाख ३, बिहीबार १६:०९परवानीपुर गोल्डकपः शनिबारदेखि सुरु हुने
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २, बुधबार २२:३२‘जेरी : द लास्ट क्लाइम्ब’मा अनमोलको इन्ट्री
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २, बुधबार २२:२७‘लालीबजार’ समाजको यथार्थ बोल्ने फिल्म हो : निर्देशक यम थापा
समाचार२०८३ बैशाख २, बुधबार २०:१७जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनबारे सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति गठन








