बसाई सरे राउटे समुदाय

सुर्खेत- जंगलमा फिरन्ते जीवन विताईरहेका लोपोन्मुख राउटे सदस्यकी एक किशोरीको मृत्यु भएपछि समुदाय नै बसाई सराइ गरेका छन् ।
बिहीबार राती हरिबहादुर शाहीकी १२ बर्सिया छोरी दुर्गा शाहीको मृत्यु भएपछि राउटे समुदायको वस्ती सरेको हो ।
समुदायका कुनै मानिसको मृत्यु हुने बित्तिकै यो समुदायको परम्परा अनुसार उक्त स्थान छाडेर अन्यत्र जाने चलन रहेको छ । दैलेखको भैरबी गाउपालिका–४, को गडजिउलामा बस्दै आएका राउटे समुमदाय शुक्रबार बस्ती सरेको हो ।
उनीहरुले शुक्रबार नै मृत्तक दुर्गाको दाहसंस्कार गरी दैलेखको चामुन्डाबिन्द्रासैनी नगरपालिका–४, सुईयातडामा बसाई सरेको सोसेक नेपालका कर्मचारी लालबहादुर खत्रीले जानकारी दिनु भयो । राउटे समुदायमा कुनै सदस्यको मृत्युपछि वस्ती नजिकै गाड्ने चलन रहेको छ ।
राउटे समुदायमा कुनै सदस्यको मृत्यु भएपछि वस्ती सर्ने चलन परापूर्वकालदेखि चलि आएको राउटे अगुवाहरु बताउँछन् । खत्रीका अनुसार पछिल्लो दुई वर्ष यता राउटे समुदायको जनसंख्या घटदै गईरहेको छ । हाल जंगलमा फिरन्ते जीवन विताउने राउटेको जनसंख्या १ सय ३७ जना मात्र रहेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १३, आईतवार ११:२५त्रिवेणी कप फुटवल प्रतियोगिता सुरु
समाचार२०८२ पुष १३, आईतवार ०६:३७नेपाल मगर संघ धादिङको अध्यक्षमा भिम दर्लामी निर्वाचित
समाचार२०८२ पुष १२, शनिबार २१:१५उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिँदै आँकुरा कृषि सहकारी
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम







