त्रिकोणात्मक टी-२० सिरिजः फाइनलमा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुने

काठमाडौं- त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ । वर्षाका कारण नामिबिया र नेदरल्यान्ड्सबीचको खेल रद्द हुन पुगेपछि दुबै टोलीले १-१ अंक बाँडेका छन् ।
नामिबियासँग अंक बाँडेपछि नेदरल्यान्ड्स ५ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको छ । दोस्रो भएको नेपालको ४ अंक छ । बराबरीपछि नामिबियाको ३ अंकमा सिमित रहन पुग्यो ।
त्रिवि क्रिकेट मैदानमा आज नेदरल्याण्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया १५ ओभरमा ९८–४ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो ।
नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । तर आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई ३ रन र नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । अब नेपाल र नेदरल्याण्ड्सबीचको फाइनल खेल मंगलबार हुनेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १३, बुधबार २०:५९निफले सम्मान गर्यो ‘इलेफेन्ट इन द फग लाई’
समाचार२०८३ जेष्ठ १३, बुधबार १८:३२सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १३, बुधबार १५:३६२९५ को मृगौला र १५ जनाको सफलतापूर्वक कलेजो प्रत्यारोपण नेपालमै गरियो
खेलकुद२०८३ जेष्ठ १३, बुधबार १२:०७प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न








