Home खेलकुद आयरल्यान्ड ‘ए’ ले दियो नेपाललाई १२२ रनको सामान्य लक्ष्य

आयरल्यान्ड ‘ए’ ले दियो नेपाललाई १२२ रनको सामान्य लक्ष्य

3
0

आयरल्यान्ड ए ले नेपाललाई १२२ रनको विजयी लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा अलआउट हुँदै १२१ रन जोड्यो ।

उसका लागि स्टीफन डोहेनीले २८ बलमा ३९ रन जोडे भने लियाम म्याककार्थी र थोसम मेयसले समान १६ रन जोडे । त्यस्तै फिन ह्यान्डले ११ रन थपेको खेलमा निल रक र ग्यारेथ डेलानीले समान ५ रन जोडे ।

बलिङतर्फ नेपालका कुशल भुर्तेल, ललित राजवंशी र गुल्सन झाले समान २ तथा कुशल मल्ल र करण केसीले समान १ विकेट लिए ।

नेपाल ‘ए’ले आयरल्यान्ड वुल्भ्सँग पाँच ट्वान्टी–२० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । सुरुका दुई ट्वान्टी–२० रोहितकुमार पौडेल नेतृत्वको नेपाली सिनियर टिमले खेल्नेछ । बाँकी खेल भने विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ले खेल्नेछ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleसहुलियत दरमा ऋण प्रवाहको व्यवस्था गर्न पूर्वाधार बैंकलाई प्रधानमन्त्रीको आग्रह
Next articleआयरल्याण्डविरुद्ध नेपाललाई एकै ओभरमा दुई झड्का, कप्तान रोहित शून्य रनमै आउट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here