Home राजनीति प्रतिनिधि सभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

14
0

संघीय संसदको प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक दिउँसो ११ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री श्री भानुभक्त जोशीले “संघीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यतालिका छ ।

यस्तै, कृषि तथा पशुपंक्षी विकास मन्त्री श्री ज्वालाकुमारी साहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको “राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथी छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

त्यसैगरी शाहले “राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम तय गरिएको संसद सचिवालयले जनाएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleकेकीको ‘बोक्सीको घर’ को गीत ‘बुझिन मैले’ सार्वजनिक
Next articleसुनको मूल्यमा नयाँ रेकर्ड : ताेलाकाे एक लाख ३१ हजार दुई सय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here