समाचार

स्वास्थ्य/जानकारी टिप्स

  • ॐ हस्पिटलको सञ्चालक समितिको अध्यक्षमा डा. श्रेष्ठ सर्वसम्मत
    ॐ हस्पिटलको सञ्चालक समितिको अध्यक्षमा डा. श्रेष्ठ सर्वसम्मत

    काठमाडौं, जेठ १४ । चाबहिलस्थित ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर सञ्चालक समितिको अध्यक्षमा वरिष्ठ रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । शनिवार सम्पन्न हस्पिटलको २७ औँ वार्षिक साधारण सभाले नव निर्वाचित सञ्चालकहरू मध्येबाट डा. श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतबाट चयन गरेको हो।

    हस्पिटलका सञ्चालकहरूमा सरला रिजाल, डा. हरि किशोर श्रेष्ठ, डा. गिसुपनिख प्रसिको, डा. राजेश किशोर श्रेष्ठ, डा. रिता सिंह हमाल, शरदकान्त अधिकारी, हरि प्रसाद पाठक, विजय मल्ल, बाबु काजी कार्की, प्रा. डा. जागेश्वर शर्मा गौतम निर्वाचित भएका छन् ।

सूचना-प्रविधि

  • जुम्लामा हाइड्रोपोनिक चारा उत्पादन परीक्षण प्रविधि सुरु
    जुम्लामा हाइड्रोपोनिक चारा उत्पादन परीक्षण प्रविधि सुरु

    कर्णाली, ३ माघ । हिमाली जिल्ला जुम्लामा हाइड्रोपोनिक चारा उत्पादन परीक्षण प्रविधि सुरु गरिएको छ । युएसएआईडीको आर्थिक तथा वाइन्ड पावर प्रालिको प्राविधिक सहयोगमा तिला गाउँपालिका–३ कुडारीमा महिलाद्वारा सञ्चालित हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा यो प्रविधि सुरु गरिएको हो ।

    वाइन्ड पावरले जुम्लामा गत पुसदेखि सुरु गरेको यो प्रविधिअन्तर्गत चिसोमा गाईवस्तुको आहारका लागि हाइड्रोपोनिक चारा उत्पादन लाभदायिक देखिएको छ । बेमौसमी समयमा गाईवस्तुलाई हरियो एवं पौष्टिक आहार दिएर दूध तथा मासुजन्य वस्तु उत्पादनमा वृद्धि ल्याउने उद्देश्यले सुरु गरिएको यो प्रविधि जलवायु परिवर्तन अनुकूलनमा पनि सहयोगी रहेको वाइन्ड पावर प्रालि नेपालका निर्देशक कुशल गुरुङले जानकारी दिए ।

    “वर्षमा पाँच महिनाभन्दा बढी हरियो आहारा नपाउने सुक्खा क्षेत्रका जिल्लामा पशुवस्तुको स्वास्थ्य र उत्पादनमा वृद्धि ल्याउने उद्देश्यले परीक्षण प्रविधि सुरु गरिएको हो,” उनले भने, “उच्च प्रविधिको प्लास्टिक टनेलभित्र माटोरहित जमरा उत्पादन गरिन्छ ।” यस विषयमा सहकारीमा आबद्ध किसानलाई प्रालिले सैद्धान्तिक तालिम दिएकोे निर्देशक गुरुङको भनाइ थियो ।

    प्रालिका व्यवस्थापक सिसन महर्जनले एक दिनमा ५० किलोग्राम हाइड्रोपोनिक चारा उत्पादन गर्न सकिने बताए । “हाइड्रोपोनिक भनेको जमरा उत्पादन गर्ने प्रविधि हो । गाउँघरमा माटो हालेर जमरा उत्पादन गरिन्छ तर यो प्रविधिअनुसार बीउमा पानीमात्र हालिन्छ,” उनले भने, “यसरी उत्पादन हुने जमराको जरामा पोषक तत्व हुने भएकाले पशुवस्तुलाई जरैदेखि खुवाइन्छ ।”

    हिमाली जिल्लामा हिउँदको समयमा पशुवस्तुका लागि पौष्टिक आहार उत्पादन गर्न परीक्षण प्रविधि सुरु गरिएको व्यवस्थापक महर्जनले बताए । यो परीक्षण प्रविधि सफल भएमा अन्य हिमाली जिल्लामा विस्तार गरिने जानकारी दिँदै उनले भने, “यो बाँसमा वा प्लास्टिक ट्रेमा अन्न भिजाई टनेलभित्र राखेर दुई हप्तामा उमार्न सकिन्छ । जौ र गहुँजस्ता अन्न उमारेर हाइड्रोपोनिक चारा उत्पादन गरिन्छ । यो प्रविधि किसान आफैँले गर्न सके अझ बढी लाभदायक हुने देखिन्छ ।”

    हिमाली महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक मुनिनाथ योगीले एक केजी बीउबाट पाँचदेखि छ केजीसम्म चरा उत्पादन गर्न सकिने बताए । “उत्पादित चारा हामीले प्रतिकेजी ५५ मा बेच्न खोज्यौँ तर यहाँ अहिलेसम्म किसानले किनेर पशुवस्तुलाई खुवाउने संस्कार नभएकाले खपत गर्न समस्या भयो,” उनले भने ।

    व्यवस्थापक योगीका अनुसार प्रालिले चारा उत्पादनका लागि आवश्यक समान र प्लास्टिक सहयोग गरेको छ । जौ र गहुँको बीउ सहकारी सदस्यहरुले जोहो गरेका छन् । एक हजार पाँच सयको ३० केजी बीउ संस्थाले किनिदिएको हो । जमरा बहुउपयोगी भएकाले यसबाट जुस निकाल्ने उपकरण र प्रशोधित जुस नेपाली बजारमा निर्यात गर्नका लागि सहयोगी संस्थालाई समन्वय गरिदिन उनले अनुरोध गरे ।

    युएसएआईडी कर्णाली जलपरियोजनाअन्तर्गत तिला जलाधार परियोजनाका जलाधार सल्लाहकार नरवीर ऐडीले हाइड्रोपोनिक चारा उत्पादन प्रविधि परीक्षण अवस्थामै रहेको बताए । माटो नराखी बीउलाई पानीमा भिजाएर उत्पादन गर्ने प्रविधि सरल र छरितो नै देखिन्छ,” उनले भने, “मूलतः यसबाट उत्पादन हुने जमरा बहुउपयोगी छ जसलाई चाराका लागिमात्र प्रयोग नगरी जुस बनाएर बजारमा बेच्न सकिन्छ ।”

    जमराको जुस ठूलो परिमाणमा उत्पादन हुन सक्ने भएमा स्थानीय बजारदेखि बाहिर पनि बेच्न सकिनेबारे सोच्न सकिने सल्लाहकार ऐडीको भनाइ थियो । यता तिला गाउँपालिका–३ कुडारी गाउँमा दुईवटा भैँसी पाल्दै आएका सहकारी सदस्य कल्पना हमालले चारा खुवाउँदा सुरुमा केही असर गरे पनि अहिले दूधमा सुधार आएको बताए । पहिलो पटक भैँसीलाई यसरी हिउँदमा हरियो चारा खुवाइएकाले यसको वास्तविक परिणाम आउन एक÷दुई महिना पर्खनुपर्ने उनको भनाइ थियो ।

    हाल रु ६८ लाख ८६ हजार दुई सय ७८ सम्पत्ति रहेको सहकारी संस्थामा एक जनजाति, दुई सय १५ दलित, चार सय १३ अन्य सदस्य गरी छ सय १९ महिला आबद्ध छन् । सहकारी सदस्य गोरीकला कामी, बिजुली योगी, कल्पना हमाल, मञ्जु बोहोरा र संस्था बाहिरको किसाना रामबहादुर रावलले १०÷१० केजी चारा उत्पादन गर्दै आएका छन् । रासस

पछिल्ला समाचारहरु

सञ्चार सचिवद्वारा राससको तस्बिर प्रदर्शनी अवलोकन

काठमाडौँ–  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले गणतन्त्र दिवस–२०८१ का अवसर पारेर राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको तस्बिर प्रदर्शनीको आज अवलोकन गर्नुभएको...

गोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना

काठमाडौँ, १४ जेठ । मुलुकको सीमा रक्षाको प्रमुख जिम्मेवार बोकेको सशस्त्र प्रहरी बल नेपालले चीनको सीमातर्फ गोरखाको साम्दोमा बोर्डर आउट पोष्ट बिओपीको स्थापना गरेको छ...

लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ को अफिसियल पोस्टर सार्वजनिक

काठमाडौँ। लेखक तथा निर्देशक लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा `सतीदेवी´को शीर्ष भुमिकामा रहेकी अभिनेत्री मलिका महतलाई अश्रुसहित नवजात...

संसदको गतिरोध अन्त्यको प्रयासः शीर्ष दल र कार्यदलको बैठक बालुवाटारमा

काठमाडौं- शीर्ष दलका नेता र कार्यदलको बैठक बालुवाटारमा जारी छ । संसदको गतिरोध अन्त्य गरी सहज रुपमा बजेट प्रस्तुत गर्ने वातावरण बनाउन प्रधानमन्त्री प्रचण्डले बालुवाटारस्थित...

ॐ हस्पिटलको सञ्चालक समितिको अध्यक्षमा डा. श्रेष्ठ सर्वसम्मत

काठमाडौं, जेठ १४ । चाबहिलस्थित ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर सञ्चालक समितिको अध्यक्षमा वरिष्ठ रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । शनिवार...