Home कला, विचार/मनोरञ्जन अदालतले अनमोललाई ३ दिन हिरासतमा राख्न दियो अनुमती

अदालतले अनमोललाई ३ दिन हिरासतमा राख्न दियो अनुमती

12
0

अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश कृष्ण प्रसाद सुवेदीले अनमोललाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन्।

शुक्रबार पक्राउ परेको र शनिबार सार्वजनिक बिदा भएकाले उनलाई अदालतमा उपस्थित गरिसकेको थिएन। आइतबार सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेश गरिएको थियो। पक्राउ परेको दिन, हिजो र आज गरी तीन दिनको म्याद दिएको हो। अनमोललाई पुन: सोमवार अदालतमा उपस्थित गराउनुपर्छ ।

आपराधिक विश्वासघात गरेको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले केसीलाई शुक्रवार (असोज १२) मा पक्राउ गरेको थियो ।

रावायण फिल्म खेल्छु भनेर १० लाख पेस्की लिएर खेल्न आनाकानी गरेपछि निर्माण युनिटले उनीविरुद्ध ‘आपराधिक विश्वासघात’ गरेको कसुरमा जाहेरी दिएका थिए।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleपेट्रोलियम पदार्थमा बढाएको मूल्य फिर्ता
Next articleअभिनेता अनमोल केसी हिरासत मुक्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here