‘साथीभाइ भएर जम्मा देउसी भैली’ गीत सार्वजनिक

काठमाडौं, २४ कात्तिक । लोकप्रिय गायक तथा सर्जक रमेश पाठक र बिनोद बि.सीको साथीभाइ भएर जम्मा देउसी भैली गीत सार्वजनिक भएको छ । यस गीतमा शब्द, संगीत, रमेश पाठक, बिनोद बि।सीकै रहेको छ भने स्वर पनि रमेश पाठक बिनोद बि.सी. र बेनीसा पौडेलको रहेको छ । यस गीतको छाँयाकन तथा सम्पादन ओम प्रसाइँले गरेका छन् ।
टेक लामाले निर्देशन गरेको योे गीतमा कृष्ण रसाल, शिला गजुरेल, रीता सानु,रिहान शंखर लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । बद्लिदो परिस्थिती र अनेकौं नयाँ परम्परा भित्रिदै गर्दा आधुनिक जमानाको परिवेशलाई चिर्दै आफ्नो रीती रिवाज र परम्परा बचाउने उदेश्यले यो गीत रचना भएको छ । गीतको मिक्सिङ÷मास्टरीङ नरेन्द्र वियोगीको रहेको छ भने रेकर्ड वेभ स्टुडियो अनामनगरमा भएको हो । गीतको भिडियो रमेश पाठक आधिकारिक युटुब च्यानलबाट डिजिटल बजारमा आएको छ ।
यस अघि रमेश पाठकको मायााकै पिर, सातै सुरमा ,तिम्रै झल्को रातदिन ,दशै आयो मनै रमायो,हैरानै गरायौंनि,लगाएतका गीत सार्वजकि भैसकेका छन् । साथै, बिनोद बि.सीको गुलाबको फुल, पच्पन्न झ्याले दरबार, लाको हैन गफ, ब्वाइफ्रेन्ड चाहियो मलाइ ,मायाको पछ्यौरी लगाएतका गीत सिर्जना भैसकेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८० मंसिर २२, शुक्रबारआँखाको उपचार गर्न शिविरकै भर
समाचार२०८० मंसिर २२, शुक्रबारप्राधिकरणले बेच्यो रु १५ अर्ब २४ करोडको बिजुली
कला, विचार/मनोरञ्जन२०८० मंसिर २२, शुक्रबारदयाहाङको ‘गाउँ आएको बाटो’ जेठ १८ मा
समाचार२०८० मंसिर २२, शुक्रबारविमानस्थलमा सुन तस्करीको अर्को प्रकरण : १४ किलो सुनसहित घले पक्राउ