Home कला, विचार/मनोरञ्जन तीर्थकुमारी स्वर्णिम साँझ-२०८०’ सम्पन्न

तीर्थकुमारी स्वर्णिम साँझ-२०८०’ सम्पन्न

3
0
तीर्थकुमारी स्वर्णिम साँझ-२०८०’ सम्पन्न

काठमाडौँ । लोकगायिका तीर्थकुमारी थापाको पहिलो एकल सांगीतिक साँझ सम्पन्न भएको छ । राष्ट्रिय नाचघर जमलमा शुक्रबार आयोजित ‘तीर्थ कुमारी स्वर्णिम साँझ २०८०’लाई नाम दिइएको उक्त कार्यक्रममा गायिका थापाले करिब २ घण्टा गायन प्रस्तुति दिइन् । केही युगल गीतमा संगीतकार समेत रहेका छोरा सुरजकुमार थापाले उनलाई साथ दिए । अन्नपूर्ण चेम्बर अर्केष्ट्राको आयोजना र काठमाडौँ प्रज्ञा कुञ्ज स्कुल र तुलसी भवन कन्ट्रक्सनको सह आयोजनामा सम्पन्न कार्यक्रममा ‘डाँडामाथि बिहानै’बोलबाट सुरु भएको प्रस्तुतिमा गायिका थापाले आफ्ना थुप्रै चर्चित गीतहरू पस्किइन् । कार्यक्रममा बरिस्ठ संगीतकार रन्जीत गजमेर ,गायिका मीरा राना , गीतकारहरु डा. भोला रिजाल, आनन्द अधिकारी, दिनेश अधिकारी , सिएनएन हिरो अनुराधा कोइराला, गायकहरु सत्यस्वरुप ,लगायत संगीत क्षेत्रक व्यक्तित्वहरुको बाक्लो उपस्थिती थियो।

विसं २०२८ सालमा रेडियो नेपालमा गीत रेकर्डिङ गरेर गायन यात्राको सुरुआत गर्नुभएकी ७३ वर्षिया गायिका थापाले ‘म त खाँदिनँ कुवाको पानी हो’, ‘ढुङ्गे बगर माया’, ‘झम्के फूली, नाकैमा बुलाकी’, ‘उकालीमा पनि हजुर मोटर जाँदो रैछ’, ‘बारीको डिलमा ओखरबोट’, ‘माछी मार न हे दाइ हो’लगायत डेढ दर्जन गीत गाउँदा दर्शक गीतमा झुमे । ‘झम्के फूली’माथिको अन्तिम प्रस्तुतिपछि दर्शकले ‘माछी मार न’को फर्माइस गरे । दर्शकको आग्रहपछि उनले उक्त गीत पुन: गाइन् ।
कार्यक्रममा २ वटा नेवारी गीतमाथि पनि गायिका थापाले प्रस्तुति दिइन् । ‘दाइ काँ को’बोलको गीतमा रचनाकार रत्न बेहोशीले उनलाई गायनमा साथ दिए । एकल साँझ गर्ने आमाको सपनालाई पूरा गर्न पाउँदा संगीतकार सुरज दंग थिए । ‘मेरो सपना पूरा भयो । आमाका लागि यति गर्न पाएँ, मेरो जीवन सफल भयो । आमालाई यसरी नै आागामी वर्षहरूमा गाउन लगाइरहन पाऊँ,’ सुरजले भने ।

५ दशकदेखि लोकसंगीतमा सक्रिय गायिका थापाले हालसम्म एक हजारभन्दा बढी गीत रेकर्ड गरिसकिन् । उनले प्रबल गोरखा दक्षिणवाहु मानपदवी २०५७, वीरेन्द्र ऐश्वर्य सेवा पदक २०५८ लगायत दर्जनौँ सम्मान, पदक र पुरस्कार प्राप्त गरिसकेकी छिन् ।

यो पनि पढ्नुहोस् :  ‘नेपहपको श्रीपेच २’ को प्रशारण सुरु

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleकवि सयपत्री थुलुङ्कको कविता कृति ‘गाउँ फर्किरहेको परदेशी’ लोकार्पण
Next articleकाभ्रेको शिर मेमोरियल अस्पतालमा क्यान्सर रोगको उपचार सुरु