‘चित्रा’को ट्रेलर सार्वजनिक

काठमाडौं। घनश्याम लामिछाने निर्देशित चलचित्र ‘चित्रा’को ट्रेलर सार्वजनिक गरिएको छ । एक्सन र पारिवारिक कथाको समिश्रण रहेको ट्रेलर २ मिनेट ५९ सेकेन्ड लामो छ । चलचित्रमा सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे, शुभेच्छा खड्का, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल लगायतका कलाकारको अभिनय छ ।
बाबुछोरीको कथा बोकेको ‘चित्रा’ को निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्माताको रुपमा रहेका छन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको चलचित्रमा राजनराज शिवाकोटीको संगीत छ ।
महेश पौडेलले छायांकन गरेको चलचित्रलाई बनिश शाह र सन्देश शाहले सम्पादन गरेका हुन् । सन्तोष अधिकारी फिल्म्स तथा अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको ब्यानरमा निर्माणमा भएको चलचित्रको नेपालभरको वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन १, बिहीबार १४:२१जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १, बिहीबार ०८:५८एक योद्धा’को दोस्रो ट्रेलर सार्वजनिक » Celebrity Nepal
समाचार२०८३ भाद्र ३१, बुधबार १९:०९दुई सातामै कृष्णभीरमा नयाँ ट्र्याक,पृथ्वी राजमार्ग सञ्चालनमा
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र ३१, बुधबार १४:०७स्तन क्यान्सर सचेतनाका लागि असोज १७ मा ‘पिंकवाक २०२६’ आयोजना हुँदै, वसन्तपुरदेखि पाटनसम्म पदयात्रा









