सरोज र शिल्पाको प्रेममा ‘म को हुँ’ सार्वजनिक(भिडियो)

काठमाडौँ। आफ्नो प्रेमका लागि छटपटिएक पुरुष र महिलाको कथामा निर्माण भएको गीत ‘म को हुँ’को भिडियो सार्वजनिक भएको छ । गायक रामकृष्ण ढकाल र गायिका रानी शाक्यको स्वरमा समावेश यो गीतमा रिमेश कुमारको संगीत, जनक वाग्लेको शब्द छ । यो गीतले आफू आफ्नै हुन नसकेको समयमा अरुको कसरी हुन सकिन्छ भन्ने भावलाई प्रकट गरेको छ ।
भिडियोमा बरिष्ठ कलाकार सरोज खनाल र अभिनेत्री शिल्पा पोखरेलको अभिनय हेर्न सकिन्छ । एक अर्काको हुन नसकेको पीडा यो गीतको भिडियोमा सरोज र शिल्पामा पोखिएको छ । कलाकार सरोज खनालले यो गीत र भिडियो आफ्ना लागि विशेष रहेको बताएका छन् । राम कुमार केसीको छायांकन, विजेश पौडेलको सम्पादन रहेको यो गीतको भिडियोलाई रसरंग मिडियाले तयार पारेको हो । भिडियोमा सुलोचना गौतम र सुशान्त ढकालको पनि अभिनय छ ।
सार्वजनिक भिडियोमा के आफ्नो र को पराई हो भन्ने प्रश्न गरिएको छ । रामकृष्ण र रानीको स्वरले गीतलाई अझै जीवन्त बनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २४, बुधबार २३:०८औषधि आपूर्तिमा अनियमितता गर्ने सिभिल अस्पतालका आठ कर्मचारीविरुद्ध मुद्दा
समाचार२०८३ असार २४, बुधबार १९:२३३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
खेलकुद२०८३ असार २४, बुधबार १७:३२एशियाली खेलकुद पौडी छनोट विवादः सर्वोच्चद्वारा अन्तरिम आदेश, राखेपलाई समन्वय गर्न निर्देशन
कला, विचार/मनोरञ्जन२०८३ असार २४, बुधबार १३:४५भदौ १२ मा प्रदर्शनमा आउँदै ‘पार्वती’, दीपाश्रीले सकाइन् डबिङ









