मनोजको संगीतमा कृष्णको ‘माया यस्तै हुँदो रहेछ’ सार्वजनिक

काठमाडौँ । गायक तथा संचारकर्मी कृष्ण पाण्डेको स्वरमा ‘माया यस्तै हुँदो रहेछ बोलको गीत सार्वजनिक गरिएको छ । प्रेम वियोगको भावलाई समेटेर तयार पारिएको गीतमा हस्त गौतमको शब्द, मनोज चौलागाईको संगीत तथा एरेन्ज रहेको छ ।
सार्वजनिक गीतको भिडियो छायांकन तथा निर्देशन संचारकर्मी आशिष नेपालले गरेका हुन् । भिडियोको सम्पादन गायक पाण्डेकै रहेको छ । क्लासिकल संगीतका बिदार्थी समेत रहेका गायक पाण्डेले यसअघि आज सारा बन्धन, लेकबेसी, जुनकिरी, जे जे पर्छपर्छ, लगायतका गीतमा स्वर दिइसकेका छन् । सार्वजनिक गीत म्यूजिक बिट नामक यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन ११, सोमबार २०:४०सर्लाही-४ का लागि कांग्रेस सभापति थापाको प्रतिज्ञा पत्र
समाचार२०८२ फाल्गुन ११, सोमबार १९:०५रुवीभ्यालीमा रमेश धमला : भीरमौरीको मह ब्राण्डिङ देखि पर्यटन हवसम्म(यस्ता छन् रुवीभ्याली विकासको योजनाहरु)
समाचार२०८२ फाल्गुन ११, सोमबार १६:३३दुर्घटनामा मृत्यु भएका १९ जनामध्ये १३ जनाको सनाखत (नामसहित)
खेलकुद२०८२ फाल्गुन ११, सोमबार १६:०६साम्बाद्वारा जटिल शल्यक्रियाका लागि आर्थिक सहयोगको अपिल








