काँग्रेस सांसद चौधरीमाथि अनुसन्धान भइरहेको भन्दै सिआइबीले सभामुखलाई दियो जानकारी
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले प्रतिनिधसभा सदस्य तथा कांग्रेस नेता विनोद चौधरीमाथि छानबिन भइरहेको विषयमा सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ ।
अनुसन्धान अधिकृत एवम प्रहरी उपरिक्षक होविन्द्र बोगटीले सभामुख घिमिरेलाई आज एक पत्र मार्फत काँग्रेस सांसद चौधरीमाथि सिआइबीले अनुसन्धान गरिरहेको जानकारी गराउनु भएको हो ।
पत्रमा काठमाडौं महानगरपालिका ३ को कार्यालय र नवराज शर्मासमेतको जाहेरीले ‘सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा सांसद चौधरीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढेको उल्लेख छ ।
”वादी नेपाल सरकार प्रतिवादी अजित नारायण सिंह समेत भएको बासबारी छालाजुता कारखानको नाममा दर्ता कायम रहेको दस रोपनी जग्गा गैर कानुनी तवरबाट च्यामिप्यन फुटवेर लिमिटेडको को नाममा स्वामित्व हस्तान्तरण गरी सरकारी जग्गा किर्ते र ठगी गरेको मुद्दामा संस्थापन शेयर धनी संघीय संसदका माननीय सदस्य विनोद चौधरीको सम्बन्धमा अनुसन्धान भइरहेको ब्यहोरा सभामुखलाई लेखिएको पत्रमा उल्लेख गरिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ४, सोमबार १९:४३विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन
खेलकुद२०८३ श्रावण ४, सोमबार १२:१०विश्वकप २०२६ः अन्तिम युद्धमा कहाँ चुक्यो अर्जेन्टिना ?
खेलकुद२०८३ श्रावण ४, सोमबार ०३:५६अर्जेन्टिनालाई हराउँदै स्पेन बन्यो दोस्रो पटक विश्वकप च्याम्पियन
समाचार२०८३ श्रावण ३, आईतवार २०:१९धादिङबेशी स्थित पहरेचौताराबाट जुवा खेलिरहेको आरोपमा ६ जना पक्राउ

