मधेस प्रदेशको बजेट पारित

धनुषा- मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि प्रस्तावित बजेट मन्त्रिपरिषद्को बैठकबाट पारित गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधाममा आज बसेको बैठकले बजेट अनुमोदन गरेपछि अब सो बजेट प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरिएको हो । मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद्को बैठकबाट बजेट पारित भइसकेको जानकारी दिँदै अब प्रदेशसभा बैठकमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “मन्त्रिपरिषद्को बैठकबाट बजेट पारित भइसकेको छ । अब प्रदेश सभा बैठकमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नुहुनेछ ।” प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले प्रदेशसभामा बजेट वक्तव्य पेस गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री सिंहले जानकारी दिनुभयो ।
प्रदेश सरकारले आगामी आवका लागि नीति तथा कार्यक्रम केही दिनअघि सार्वजनिक गरिसकेको छ । नीति तथा कार्यक्रममा समेटिएका प्राथमिकता, लक्ष्य र घोषणालाई कार्यान्वयन गर्न आगामी वर्षको बजेटले आर्थिक रूपले आधार बनाउने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ९, मंगलवार ०८:२२चाम्सको निर्देशनमा मदनकृष्ण श्रेष्ठको जीवनमाथि चलचित्र ‘मदनकृष्ण’ बन्ने
खेलकुद२०८३ असार ९, मंगलवार ०७:०६मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा
समाचार२०८३ असार ९, मंगलवार ०६:५९सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ८, सोमबार १२:५७नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’ सञ्चालनमा








