गण्डकी सरकारबाट एमालेका चार मन्त्रीले दिए राजीनामा

पोखरा । गण्डकी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चार जना मन्त्रीले राजीनामा दिएका छन्।
बुधबार बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेपछि उनीहरूले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर राजीनामा बुझाएका हुन्। यसअघि मंगलबार एमाले प्रदेश संसदीय बोर्डको बैठकले मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको थियो।
राजीनामा दिनेमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री गोविन्द नेपाली, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीम कार्की, उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमाल र स्वास्थ्यमन्त्री लक्ष्मण पाण्डे रहेका छन्।
उनीहरू प्रदेश मन्त्रिपरिषद् पुनर्गठनका क्रममा वैशाख २ गते मन्त्री नियुक्त भएका थिए।
सत्ता समीकरणमा परिवर्तन भएसँगै एमालेका मन्त्रीहरू सरकारबाट बाहिरिएका हुन्। गण्डकीमा हाल एमाले–नेकपा समीकरण बनेको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22413, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र २८, आईतवार १७:२७छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा
समाचार२०८३ भाद्र २८, आईतवार ०४:००रेवान पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत
समाचार२०८३ भाद्र २५, बिहीबार २१:३७प्रदेश प्रमुखसमक्ष प्रदेश लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस
समाचार२०८३ भाद्र २५, बिहीबार १३:२४होटल संघ पोखराद्वारा राहत कोषमा २९ लाख बढी सहयोग








