एसिया मोडेल फेस्टिभलमा नेपालको सफलता, सदिक्षा श्रेष्ठले जितिन् उपाधि
सेलिब्रेटी नेपाल। दक्षिण कोरियामा सम्पन्न प्रतिष्ठित एसिया मोडेल फेस्टिभल २०२६ मा नेपालले महत्वपूर्ण सफलता हासिल गरेको छ। फेस अफ नेपालबाट प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएकी सदिक्षा श्रेष्ठले दर्जनौं प्रतिस्पर्धीलाई पछि पार्दै महिला विधातर्फको विजेताको अवार्ड हात पार्न सफल भएकी छन्।
प्रतियोगितामा म्यानमारकी क्याव क्याव ऐन्द्राले ग्राण्ड विनरको उपाधि जितेकी छन् भने पुरुष विधातर्फ कोरियाका काङ डोङ–ह्युन विजेता घोषित भएका छन्।
यससँगै प्रतियोगिताको महिला विधातर्फ नेपालकी सदिक्ष्या श्रेष्ठले उपाधि जितेर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव बढाएकी छन्। उक्त कार्यक्रममा नेपालबाट योगेश शर्मा, सदिक्षा श्रेष्ठ, सुमन श्रेष्ठ र जाएन तामाङ सहभागी भएका थिए।
फेस अफ नेपालकी सञ्चालक नेसनल डाइरेक्टर नायिका मेनुका माझीले पहिलो पटक फेस अफ नेपालले अन्तर्राष्ट्रिय स्तरको एसिया मोडेल फेस्टिभलमा अवार्ड हात पार्न सफल भएकोमा खुसी व्यक्त गरेकी छन्। उनले यस उपलब्धिले नेपाली मोडलिङ क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन्।

त्यसैगरी, कार्यक्रममा सहभागी २५ देशका करिब १०० प्रतियोगीका लागि दिनाज फेसन हाउसकी सञ्चालक तथा फेसन डिजाइनर दिना गुरुङले फेसन डिजाइन गरेकी थिइन्। उनले प्रतियोगिताका लागि तयार पारेका पहिरनमार्फत नेपालको मौलिकता र पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेकी थिइन्।
विशेषगरी, हालै नेपालमा गएको विनाशकारी बाढीबाट प्रभावित पीडितहरूको पीडा र अवस्थालाई समेत सम्बोधन गर्ने भावनासहित उनले फेसन डिजाइन तयार पारेकी थिइन्।
एसिया मोडेल फेस्टिभलमा सदिक्ष्या श्रेष्ठले हासिल गरेको सफलता र दिना गुरुङको सिर्जनात्मक प्रस्तुतिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान, प्रतिभा र फेसन क्षेत्रको सम्भावनालाई थप उजागर गरेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ मंसिर ७, आईतवार २१:०८शिक्षालाई रोजगारीसँग जोड्न नीतिगत सुधार आवश्यक : सभापति श्रेष्ठ
समाचार२०८३ मंसिर ७, आईतवार २०:३३प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच शिष्टाचार भेट
खेलकुद२०८३ मंसिर ७, आईतवार १७:३५पुष्पलाल रोकाया ‘ज्वाला’को पहलमा फुलकन्ट्याक्ट कराते खेलाडीलाई जनही ६० हजारसम्म नगद पुरस्कार घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ मंसिर ७, आईतवार ११:२९प्रसौनी शिविरबाट ३४६ जना लाभान्वित « रिपोर्टर्स नेपाल




