Breaking News
आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित

पाँचथर, ११ मङ्सिर । फिदिम नगरपालिकाको आयोजना तथा मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा पाँचथर जिल्ला अस्पतालमा सञ्चालित निःशुल्क आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित भएका छन् ।

बिहीबार सम्पन्न त्रिदिवसीय शिविरमा १०३ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । साथै ५५८ जनालाई निःशुल्क चस्मा वितरण गरिनुका साथै अन्य बिरामीलाई आवश्यकताअनुसार औषधि वितरण गरिएको फिदिम नगरपालिकाका नगरप्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिए ।

पाँचथरसहित पूर्वी पहाडी जिल्लाहरुमा आँखाको उपचार गर्ने सुविधायुक्त अस्पताल नभएकाले शिविर सञ्चालन गएिको उनले बताए । शिविर नेत्र विशेषज्ञसहितको १८ जनाको टोलीले सञ्चालन गरेको हो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  स्वास्थ्यमा मन्त्री मेहताको परिणाममुखी हस्तक्षेप « रिपोर्टर्स नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   9   =