नेपाल बिमा प्राधिकरणको ५७ औं वार्षिकोत्सवमा फुटसल प्रतियोगिता

पोखरा । नेपाल बिमा प्राधिकरण (ने.बि.प्रा.)को ५७ औं वार्षिकोत्सवको अवसरमा आयोजित मैन्त्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ आज सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्ष्यता नेपाल बिमा प्राधिकरण (ने.बि.प्रा.), गण्डकी प्रदेश कार्यालय प्रमुख शम्भु प्रसाद मिश्रले गर्नु भएको थियो । त्यस्तै, कार्यक्रमको प्रमुख अतिथिमा पोखरा महानगरपालिका वडा नम्बर १२ का वडा सदस्य सन्त बहादुर थापा हुनुहुन्थ्यॊ भने विशेष अतिथिहरुमा गण्डकी प्रदेश पोखरा निप्स, च्याप्टरका अध्यक्ष बद्रिनाथ पौडेल तथा सर्भेयर एसोसियसन पोखरा च्याप्टरका संयोजक बुद्धिराज अधिकारी रहनु भएको थियो। सो कार्यक्रममा विभिन्न बिमा कम्पनीहरुका गण्डकी प्रदेश प्रमुखहरु, सर्भेयरहरु, अभिकर्ता लगायत विभिन बिमा कम्पनीका शाखा तथा उप-शाखाहरुका प्रमुख र बिमाकर्मिहरुको उपस्थिति रहेको ने.बि.प्रा.का गण्डकी प्रदेश कार्यालय प्रमुख मिश्रले जानकारी दिनुभयो ।
खेलको उद्घाटन नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयका प्रमुख शम्भु प्रसाद मिश्रले खेलाडीहरुलाई बल हस्तान्तरण गरि खेल औपचारिक रुपमा शुरु भएको घोषणा गर्नु भएको थियो । साथै यस्ता मैन्त्रीपूर्ण खेलहरुले बिमाकर्मिहरुमा एकापसमा आतिथ्यता, भाइचाराको भावना बढाउने तथा शरीरलाई स्फुर्त राख्न समेत अपरिहार्य भूमिका रहेको मिश्रले बताउनु भएको छ ।
उक्त फ़ुटसल खेल प्रतियोगितामा ५ टिमको सहभागिता रहेको थियो । जसमध्ये निर्जीवन र लघु निर्जीवन कम्पनि, जीवन र लघु बिमा, सर्भेयर एसोसियसन पोखरा, निप्स पोखरा च्याप्टर र नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय रहेका थिए । उक्त टिमहरुबिचको खेल निकै उत्साहजनक रुपमा अगाडी बढ्दै फाइनल खेलमा नेपाल बिमा सर्भेयर संघ नेपाल (NISA) र नन लाइफ इन्सुरेन्सबीच भएको थियो । खेलको सुरुवात संगसंगै खेलको समयावधिसम्म दुवै तर्फबाट १/१ गोल भएको थियो । खेलको निर्धारित समयसम्म दुवै टिमबाट बराबरी गोल भएपछी पेनाल्टी सुटआउट मार्फत बिमा सर्भेयर संघ नेपाल विजेता हुन सफल भएको थियो । खेलमा प्रथम स्थान हासिल गर्ने खेलाडीहरुलाई प्रमुख अतिथि र अतिथिले मेडल र प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।
त्यस्तै, आज भएको उक्त खेलमा खेल अवधिभर सर्वाधिक गोल गर्न सफल खेलाडी तिलक पोख्रेल हुनुहुन्थ्यो । विजेता खेलाडी तथा सर्वाधिक गोलकर्तालाई प्रमुख अतिथिले मायाको चिनो हस्तान्तरण तथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो।
विशेष अतिथिहरुले कार्यक्रममा बोल्दै विगतका वर्षहरुमा झै यस वर्ष पनि नेपाल बिमा प्राधिकरणले विभिन्न जनचेतनामुलक कार्यक्रम गरेको विशेष धन्यवाद दिएका थिए । खेलले मानिसलाई शारीरिक र मानसिक रुपमा स्वास्थ्य राख्ने बताएका थिए । साथै यस कार्यक्रममा सबैको साथ्, सहयोग र सहभागिताले कार्यक्रम सफल भएको बताएका थिए ।
यसै कार्यक्रममा बोल्दै प्रमुख अतिथिले ५७ औं वार्षिकोउत्सवको अवसरमा नेपाल बिमा प्रधिकरणले रचनात्मक र सन्देशमुलक कार्यक्रमहरु गरिरहेको खुशी व्यक्त गर्नु भएको थियो । साथै संयोगबस आज परेको प्राधिकरणको ५७ औं वार्षिकोउत्सव मनाइरहदा : ५ र ७ को जोड पनि १२ नै हुने र उक्त कार्यक्रम र बिमा प्राधिकरणको प्रदेश जार्यालय पनि पोखरा महानगरपालिका वडा १२ मै रहेको उल्लेख गर्दै यसमा आफु पनि खुसि भएको र आगामी दिनहरुमा वडा मार्फत हुने विभिन्न कार्यक्रमहरुमा वडा नम्बर १२ को पनि बिमाको कार्यक्रमहरुमा सहकार्य, सहभागिता र साथ्, सहयोग रहने पनि प्रतिबद्धता गर्नुभएको छ ।
बिमा प्राधिकरणका आगामी कार्यक्रमहरु अन्तर्गत भोलि मंगलबार बिमा सचेतनाका लागि जिल्ला ट्राफिक कार्यालय कास्कीको समन्वयमा सार्वजनिक यातायातमा स्टिकर टाँस्ने कार्यक्रम, बैशाख ३१ गते बृहत रक्तदान कार्यक्रम र जेठ १ गते प्रभातफेरी कार्यक्रम संगै शुभकामना आदान प्रदान तथा समीक्षात्मक कार्यक्रम रहेको पनि बिमा प्राधिकरण गण्डकी प्रदेश, सहायक निर्देशक रिचा कुशुम लम्सालले जानकारी दिनुभएको छ ।
केहि तस्बिरहरु :




























































































लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ ३, शुक्रबार २०:१०ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता
समाचार२०८२ पुष २३, बुधबार १४:४७जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय कास्कीले काहुँखोला र कालीखोला अर्मला क्षेत्रमा बाढी तथा कटान नियन्त्रण कार्य गर्दै
समाचार२०८२ पुष २३, बुधबार ११:२४ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवका अवसरमा १७५ कर्मचारीलाई सम्मान
समाचार२०८२ पुष २०, आईतवार १८:२४मुस्ताङमा पर्यटन तथा उद्योग र सामाजिक विकास कार्यालय मर्ज








