अन्नपूर्ण म्याराथनको तयारी पूरा « रिपोर्टर्स नेपाल

पोखरा । अन्नपूर्ण आरोहण दिवसका अवसरमा जेठ २० गते आयोजना हुने छैटौँ संस्करणको अन्नपूर्ण म्याराथनको सम्पूर्ण तयारी पूरा भएको छ । कास्कीको अन्नपूर्ण आधार शिविरदेखि पर्यटकीय गाउँ घान्द्रुकसम्म हुने म्याराथनको तयारी पूरा भएको आयोजक अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले जनाएको हो ।
अन्नपूर्ण प्रथम हिमालको महिमा र गरिमालाई विश्वभर उजागर गर्ने उद्देश्यले विक्रम संवत् २०७५ देखि प्रत्येक वर्ष यो म्याराथन आयोजना गरिँदै आएको छ ।
यस वर्षको प्रतिस्पर्धामा १८ देखि ६९ वर्ष उमेर समूहका ५३ जना धावकहरू सहभागी हुँदै छन्, जसमा ८ जना विदेशी र ४५ जना नेपाली धावक रहेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १९, मंगलवार २१:३०‘लज्जावती’ साउन २९ गतेदेखि प्रदर्शनमा आउने
समाचार२०८३ जेष्ठ १९, मंगलवार १९:२१सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न
खेलकुद२०८३ जेष्ठ १९, मंगलवार १६:४१अन्नपूर्ण म्याराथनको तयारी पूरा « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १९, मंगलवार ११:१५सामान्य बिरामीलाई आकस्मिक उपचार गराए भुक्तानी नगर्ने









