हरिवंश र विपिन स्टारर चलचित्र ‘महाजात्रा’को फर्स्टलुक सार्वजनिक

काठमाडौँ। चलचित्र ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक फर्स्टलुक पोस्टरमा अभिनेता हरिबंश आचार्यलाई व्हील चेयरमा बाँधिएको र अन्य तिन जना कलाकार उभिएको देख्न सकिन्छ। षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएकोचलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका छन्। चलचित्रको लेखक पनि उनी स्वयंम हुन् ।
यो चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, राजाराम पौडेल, दिव्य देव, गौमाया गुरुङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, प्रविन खतिवडा, अर्जुनजंग शाही, अरविन खड्का लगायतका कलाकारहरूको अभिनय रहनेछ ।
‘महाजात्रा’मा बटमलाइनका रुपमा ‘सत्य लुक्दैन, झुटो टिक्दैन’ राखिएको छ । निर्देशक प्रदीप भट्टराईले यसपटक चलचित्रमा रमाइलो मात्र नभएर नेशनल इस्यु उठाउने प्रयास रहने बताए । जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई चलचित्रमा रोचक रुपले प्रस्तुत गरिने जनाइएको छ ।
यो चलचित्र चैत ९ गतेबाट प्रदर्शनमा आउनेछ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा रवीन्द्रसिंह बानियाँ छन् । चलचित्रलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १८, सोमबार ०७:३९आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द
समाचार२०८२ फाल्गुन १८, सोमबार ०७:०२प्रभावकारी बन्दै विद्यालयमा ‘शून्य फोहोर कार्यक्रम’
समाचार२०८२ फाल्गुन १७, आईतवार २०:४९इरानले युएईमा गरेको हवाई आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु
समाचार२०८२ फाल्गुन १७, आईतवार १७:३७“तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र








