कोइरालाको आख्यान चलचित्र ‘मौन आकाश’को फस्ट लुक सार्वजनिक
काठमाडौँ। टेलिभिजन तथा चलचित्र निर्देशक रमेश कोइरालाको आख्यान चलचित्र ‘मौन आकाश’को फस्ट लुक सार्वजनिक भएको छ । फस्ट लुकमा बाल कलाकार नूर दाहालको पृष्ठभूमिमा श्रेया दुलाल र ध्वजसिंह भण्डारीलाई देखाइएको छ ।
सुनिल पाण्डेको लेखन रहेको चलचित्रमा जेएन घिमिरे, शुभम आचार्य, विष्णु रोक्का, रमेश कोइराला, मिशेल घिमिरे, स्मारिका खनाल, श्याम केसी, सिर्जना गजमेरको समेत अभिनय छ । लक्ष्मी भण्डारी निर्माता र प्रतीक कोइराला कार्यकारी निर्माता रहेको चलचित्रमा रामेश्वर हुमागाईँको छायाङ्कन, श्याम केसीको व्यवस्थापन, रानु निरौलाको प्रोडक्सन डिजाइन र तुलसीप्रसाद लम्सालको सह–निर्देशन छ ।
चलचित्रको सम्पादन सुवास देवकोटाले गरेका छन् । निर्देशक कोइरालाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेस्टिभलमा चलचित्रलाई प्रतिस्पर्धीका रूपमा देखाइने बताए । ‘शिक्षा मन्त्रालयको समन्वयमा विभिन्न स्कुल तथा कलेजहरूले विद्यार्थी सचेतनाको पनि देखाउने तयारी गरिरहेका छन्’, उनले भने ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
- समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न
- समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न
- समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास