Home कला, विचार/मनोरञ्जन ‘मिस इको इन्टरनेशनल नेपाल २०२४’ को ताज फ्लावियाले हात पारिन्

‘मिस इको इन्टरनेशनल नेपाल २०२४’ को ताज फ्लावियाले हात पारिन्

2
0

काठमाडौँ । काठमाडौँकी २१ वर्षीय फ्लाविया महर्जन ‘मिस इको इन्टरनेशनल नेपाल २०२४’ घोषित भएकी छन् । विजेता महर्जनले इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२४’ नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

ग्रीनआर्ट मिडियाले राजधानीमा शुक्रवार साँझ आयोजना गरेको कार्यक्रममा महर्जन ‘मिस इको इन्टरनेशनल नेपाल २०२४’ को ताजसहित इजिप्टमा हुने प्रतियोगिताका लागि छनोट भएकी हुन् ।

कार्यक्रममा महर्जनलाई गत वर्षकी विजेता रक्षा उप्रेतीले ‘मिस इको इन्टरनेशनल नेपाल २०२४’ को ताज लगाइदिएकी थिइन् । स्ट्यान्ड लन्च एन्ड बार बत्तीस पुतलीमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य, अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज प्याजेन्टका निर्देशक सन्तोष सापकोटा, कोरियोग्राफर जयन सुब्बा मानन्धर, ग्रीन आर्ट मिडियाका सिइयो प्रवीण लाकौल , चलचित्र पत्रकार संघका उपाध्यक्ष कुबेरराज गिरी, सञ्चारकर्मी अनुरा भट्टराई, मिस स्टार युनिभर्स २०२३ सृष्टि महर्जन र मिस हेरिटेज २०२३ आज्मा महर्जन लगायतको उपस्थिति थियो ।

विजेता महर्जनले मिस इको आफ्ना लागि एउटा राम्रो अवसर भएको बताइन् । उनले अवसर प्रदान गर्ने ग्रीन आर्ट मिडियाप्रति आभार व्यक्त गर्दै प्रतियोगितामा जस्तोसुकै चुनौती आए पनि सामना गर्ने धारणा राखिन् । प्रतियोगितामा आफूले नेपालका कल्चरल, सांस्कृतिक र पर्यटकीय स्थानको समेत प्रचार गर्ने उनले बताइन् ।

आगामी फेब्रुअरीमा आयोजना हुने प्रतियोगितामा ६० बढी देशका इको सुन्दरीहरूको सहभागिता रहनेछ । प्रतियोगिताका लागि महर्जन नेपालको तर्फबाट एक्लो प्रतिनिधि हुन् । महर्जनलाई प्रतियोगिताका लागि ग्रीन आर्ट मिडियाकी प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठ र नेपालका प्रतिष्ठित व्यक्तिहरूबाट ग्रुमिङ गरिनेछ ।

ग्रीन आर्टस मिडियाकी अनिला श्रेष्ठ २०१५ देखि मिस इको इन्टरनेशनलको आधिकारिक नेपाल राष्ट्रिय निर्देशकको रूपमा चुनिएकी हुन् । मिडियाको सिइयोमा प्रवीण लाकौल रहेका छन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleबरहथवामा घटना छानबिन गर्न समिति गठन,मृतकको परिवारलाई १० लाख राहत
Next articleविकासका लागि दलीय राजनीतिभन्दा माथि उठ्न आवश्यक’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here