काठमाडौंँ । चलचित्र बिकाश बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्धन समिति’को संयोजकमा निर्माता ज्योती राज राई नियुक्त भएका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले राईलाई उक्त समितिको संयोजक नियुक्त गरेका हुन् । राईले यसअघि पनि समितिमा एक कार्यकाल संयोजक र एक कार्यकाल सदस्य भएर काम गरेका थिए । हाल उहा आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ को अध्यक्ष र नेपाल् चलचित्र निर्माता संघ को कोस अध्यक्ष पनि हुन ।
आदिवासी जनजाती चलचित्र महासंघको सिफारिसमा राई संयोजक नियुक्त भएका हुन् । सात प्रदेशका बिभिन्न १६ जातीबाट सिफारिस भएर आएका बिभिन्न ब्यक्ति मध्येबाट आदिवासी जनजाती महासंघले चलचित्र बिकास बोर्डलाई एक ब्यक्ति संयोजका र अरु सदस्यहरुका लागि सिफरिस गर्ने सोही अनुसार बोर्डले संयोजक नियुक्त गर्ने प्रावधान छ ।
बोर्डले राईको संयोजकमा छ सदस्यको समिति गठन गरेको हो । जसको सदस्यमा अमर लामा, रविन गुरुङ, विकास मगर, लक्ष्मी योङ्गहाङ, सगिना सुनुवार, अमृतामाया माझी रहेका छन र हरिसिंह रैखोला समितिको सदस्य सचीव रहेका छन् । समितिले देशभर छरिएर रहेका आदिवासी चलचित्रकर्मीको ब्यक्तित्व बिकास, आदिवासी चलचित्रको प्रवर्धन र बजार बिस्तार गर्दै सक्षम बनाउने काम गर्छ ।
आफ्नो कार्यकालमा बिभिन्न भाषामा निर्माण हुने चलचित्रको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार बिस्तार गर्ने, नितिगत रुपमा समेत सक्षम बनाउने मुख्य लक्ष्य लिएको संयोजक राईले बताए । ‘हाम्रो भाषा, संस्कृति र कल्चरलाई समेत फिल्मको माध्यमबाट समेट्न प्रोत्सान गर्नेछु’ राइले थपे । संगम, त्रिबेणी, पापी मान्छे, वान वे प्रोडुसरका निर्माता समेत रहेका राईले पछिल्लो समय निर्माण गरेको फिल्म ‘लुङ्गा’ हो । जुन केही अगाडि मात्र प्रदर्शनमा आएको थियो । फिल्मका अलवा राईले दुई थोपा आँसु, साइनो कस्तो कस्तो, माई बेष्ट फ्रेण्ड, डामाडोल लगायत निर्माण गरेका छन् । राई अहिले नयाँ फिल्म निर्माणको तयारीमा पनि छन् ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- कला, विचार/मनोरञ्जन२०८१ आश्विन २०, आईतवार १८:०२रक्तरञ्जित शक्तिपीठ र बलिप्रथाको उपादेयता
- समाचार२०८१ आश्विन १५, मंगलवार २०:१६विन्ध्यवासिनी मन्दिरमा हुने नवदुर्गा शोभायात्रा स्थगित
- राजनीति२०८१ आश्विन १३, आईतवार १५:३५बृहत विद्यार्थी भेला मार्फत नेविसंघ पिएन क्याम्पसको अध्यक्षमा तिमिल्सिना
- समाचार२०८१ बैशाख १२, बुधबार १९:४१धादिङको जिल्ला आयुर्वेद औषधालय १६ शैय्याको अस्पतालमा स्तरोन्नति