नेपालले दियो आयरल्याण्ड ‘ए’ लाई १९९ रनको चुनौतीपूर्ण लक्ष्य

नेपाल भ्रमणमा रहेको आयरल्याण्डको ए टिमलाई नेपालले दोस्रो टी २० खेलमा १९९ रनको चुनौती पेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९८ रन जोड्यो । नेपालका लागि गुल्सन झाले सर्वाधिक ४६ रन जोडे । ३२ बलको सामना गरेका गुल्सनले ४ छक्का र १ चौका हिर्काउँदान अर्धशतक बनाउनबाट मात्र ४ रनले चुके ।
त्यस्तै कुशल मल्लले आक्रामक पाली खेल्दै ३४ रन थपे । उनले १३ बलमा १ चौका र ४ छक्कासहित ३४ रन बनाएका थिए । ओपनर कुशल भुर्तेलले २५ रन जोडेको खेलमा आसिफ शेखले ११ रन थपे । कप्तान रोहित पौडेलले ३३ रन थपेको खेलमा विवेक यादवले ७ र सन्दीज जोराले २१ रन जोडे ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २०, शनिबार १०:४५तिहारमा आउँदै ‘जिरो डिग्री’, रिलिज मिति परिवर्तन नहुने निर्माण पक्षको स्पष्टोक्ति
समाचार२०८३ असार २०, शनिबार १०:३२गण्डकी प्रदेश स्तरीय बीमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, मदरल्याण्ड मावि प्रथम
खेलकुद२०८३ असार २०, शनिबार १०:३०कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश
समाचार२०८३ असार १९, शुक्रबार १७:१२नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न









