नेपालले दियो आयरल्याण्ड ‘ए’ लाई १९९ रनको चुनौतीपूर्ण लक्ष्य

नेपाल भ्रमणमा रहेको आयरल्याण्डको ए टिमलाई नेपालले दोस्रो टी २० खेलमा १९९ रनको चुनौती पेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९८ रन जोड्यो । नेपालका लागि गुल्सन झाले सर्वाधिक ४६ रन जोडे । ३२ बलको सामना गरेका गुल्सनले ४ छक्का र १ चौका हिर्काउँदान अर्धशतक बनाउनबाट मात्र ४ रनले चुके ।
त्यस्तै कुशल मल्लले आक्रामक पाली खेल्दै ३४ रन थपे । उनले १३ बलमा १ चौका र ४ छक्कासहित ३४ रन बनाएका थिए । ओपनर कुशल भुर्तेलले २५ रन जोडेको खेलमा आसिफ शेखले ११ रन थपे । कप्तान रोहित पौडेलले ३३ रन थपेको खेलमा विवेक यादवले ७ र सन्दीज जोराले २१ रन जोडे ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ मंसिर १५, आईतवार १८:५८जेन-जी आन्दोलनको म्यान्डेट र शहीद परिवारका मागप्रति सरकार गम्भीर छ: प्रधानमन्त्री कार्की
खेलकुद२०८२ मंसिर १५, आईतवार १७:३४एनपिएलः कर्णालीद्वारा काठमाडौँलाई १५० रनको लक्ष्य
समाचार२०८२ मंसिर १५, आईतवार १७:१०कर्णाली याक्सले दियो काठमाडौँलाई १५० रनको लक्ष्य
कला, विचार/मनोरञ्जन२०८२ मंसिर १५, आईतवार १६:२७चलचित्र ‘लोकन्ती’ को रोमान्टिक गीत सार्वजनिक








