इजरायली हमलामा इरानी रिभोलुसनरी गार्डका उच्च कमाण्डरसहित सात जनाको मृत्यु

इजरायलले गरेको हवाइ हमलाबाट इरानी रिभोलुसनरी गार्डका दुई उच्च कमाण्डरसहित ७ जनाको मृत्यु भएको छ । सिरियाको राजधानी दमास्कसस्थित इरानी वाणिज्य दूतावासमा भएको हमलामा परी उनीहरुको मृत्यु भएको सिरियाले जनाएको छ ।
हमलाबाट भवन ध्वस्त भएको सिरियाली सरकारी सञ्चारमाध्यमले जनाएका छन् । शहरको पश्चिममा रहेको बहु-तल्ले संरचनाबाट धुवाँ र धुलो उडेको देखिएको छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्सले वाणिज्य दूतावासको भवनमा भएको आक्रमणमा आफ्ना सात सदस्यको मृत्यु भएको जनाएको छ ।
मृत्यु हुनेमा वरिष्ठ कमाण्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदी र उनका सहायक रहेको इरानी आईआरजीसीले एक विज्ञप्तिमा जनाएको छ । इजरायली सेनाले विदेशी मिडिया रिपोर्टहरूमा टिप्पणी नगरेको बताएको छ ।
सिरियाली रक्षा मन्त्रालयले इजरायली विमानले स्थानीय समय अनुसार साँझ ५ बजे वाणिज्य दूतावास भवनलाई निशाना बनाएको बताएको छ । इजरायलले विगत केही वर्षहरूमा सिरियामा इरानसम्बन्धित लक्ष्यहरूमा सयौं आक्रमण गरेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १८, सोमबार १५:५७मतदान सामग्री सहित टाढाका मतदान स्थलमा खटाइयो कर्मचारी
समाचार२०८२ फाल्गुन १८, सोमबार ०७:३९आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द
समाचार२०८२ फाल्गुन १८, सोमबार ०७:०२प्रभावकारी बन्दै विद्यालयमा ‘शून्य फोहोर कार्यक्रम’
समाचार२०८२ फाल्गुन १८, सोमबार ०६:५५धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन








