कर्णालीमा एमालेका यामलाल कँडेल मुख्यमन्त्री बन्ने

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेल कर्णालीको मुख्यमन्त्री बन्ने पक्का भएको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच तीन दिनदेखि लगातार चलेको वार्तापछि अन्नतः कर्णाली प्रदेश मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिन सहमत भएपछि कँडेल अबको मुख्यमन्त्री बन्ने पक्का भएको हो ।
एमाले र माओवीच लामो छलफलपछि कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा राजीनामा दिन तयार भएको नेकपा माओवादी (केन्द्र) कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिनुभएको छ ।
मुख्यमन्त्री शर्माले प्रदेशसभालाई सम्बोधन गरेर राजीनामा दिने तयारी भईरहेको उहाँको भनाइ छ । केन्द्रमा कर्णाली प्रदेशको नेतृत्व एमालेले लिने सहमति भएपनि मुख्यमन्त्रीसहितका केही नेताहरुले एमालेलाई नेतृत्व हस्तान्तरण गर्न आनाकानी गरेपछि केही समयका लागि अन्यौलता कायम भएको थियो ।
अध्यक्ष केसीका अनुसार कर्णालीमा पहिलो चरणमा एमालेले नेतृत्व लिने र दोस्रो चरणमा माओवादीबाटै मुख्यमन्त्री बन्ने दुई दलबीच सहमति भएपछि मुख्यमन्त्री शर्माले राजीनामा दिन तयार हुनु भएको हो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ ४, शनिबार १०:४१पार्टी फुटेको छैन,नयाँ सभापतिलाई मेराे बधाई छ -सुजाता
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ ४, शनिबार १०:३९पर्वतमा ७३ जना ज्येष्ठ नागरिकले पाए निःशुल्क आँखाको ज्योति
समाचार२०८२ माघ ४, शनिबार ०८:०६निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
समाचार२०८२ माघ ३, शुक्रबार १९:५३निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता








