पुरानो गीत ‘तिम्रो मनमा लुकेको कुरा’ फिमेल भर्सन सार्वजनिक (भिडियो)

काठमाडौँ। सदाबहार सुपर हिट गीत ‘तिम्रो मनमा लुकेको कुरा’ को रिमेक गीतको फिमेल भर्सन सार्वजनिक गरिएको छ। केहि दिन अघि राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच मेल भर्सन सार्वजनिक गरिएको थियो भने अहिले फिमेल भर्सन सार्वजनिक गरिएको हो।
३३ बर्ष अघि निर्माण भएको चलचित्र ‘चिनो’ मा समाबेस ‘तिम्रो मनमा लुकेको कुरा’ लाई गायक नारायण गोपाल र गायिका आशा भोष्लेले स्वर दिएका थिए। गीतमा रन्जित गजमेरको संगीत र कुसुम गजमेरको शब्द रचना रहेको छ। रिमेक भर्सनमा मेल भर्सन गायक शंकर श्रेष्ठ र फिमेल भर्सन गायिका अन्नु चौधरीको स्वर रहेको छ।
सन्तोष राजबाहकले निर्देशन गरेको भिडियोमा भुवन केसी,शर्मिला मल्ल,सुरविर पण्डित, शिशिर भण्डारी,शंकर श्रेष्ठ,अश्विनी शाहीको अभिनय रहेको छ। भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन र दिन्सन शाहले सम्पादन गरेका छन्। गीतको भिडियो क्रियटिभ आवर प्रोडक्सनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ३०, शनिबार २०:०२अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान
समाचार२०८३ श्रावण ३०, शनिबार १८:१०संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ३०, शनिबार ११:३८‘द एभरेस्ट ड्रीम’ ले अमेरिकामा जित्यो उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ३०, शनिबार ११:३३‘भिजायो फरिया बर्खैले…’ ल्याईन सरिता भारतीले » Celebrity Nepal









