खिलको ‘रिमै’ मा जोडिए सौगात

काठमाडौँ। खिल बहादुर गुरुङको निर्देशनमा बन्ने चलचित्र ‘रिमै’ मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । यो सँगै चलचित्रको मुख्य लाइनअप पूरा भएको छ। सिनेमा यसअघि ब्लकबस्टर ‘कबड्डी’ सिरिजका प्रथम दुई भागकी मूख्य अभिनेत्री रिस्मा गुरुङ्ग र अभिनेता दयाहाङ्ग राई अनुबन्धित भइसकेका छन्। उनीहरु तीनै जनाले ‘कबड्डी’को दोश्रो श्रृंखलामा एकसाथ काम थिए।
चलचित्रलाई गोरख सिरानचोक एण्ड लिगलिग कोट फिल्मस्ले निर्माण गर्न लागेको हो। चलचित्रमा दया, रिस्मा, सौगातसँगै डेब्यू अभिनेता विरबल घले प्रमूख भूमिका रहनेछ। उपेन्द्र सुब्बा चलचित्रका पटकथा लेखक हुन भने कथा निर्देशक गुरुङ्ग र अभिनेता घलेले लेखेका हुन्। चलचित्रको कार्यकारी निर्मातामा टिका गुरुङ्ग(युके), प्रकाश गुरुङ्ग(युके), जित यात्री गुरुङ्ग (नर्वे) तथा सचि कुमारी घले रहेकछन् भने दुन बहादुर घले, हेमा गुरुङ्ग तथा विजय लामा सिनेमामा सह-निर्माताका रुपमा रहनेछन्। सिनेमाको हाल प्रिप्रोडक्सन चलिरहेको छ। चलचित्र ‘रिमै’ बैशाखबाट फ्लोरमा जाने र भदौ तीजमा रिलिज गर्ने निर्माणको लक्ष्य रहेको छ । ‘
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १, बिहीबार ०८:५८एक योद्धा’को दोस्रो ट्रेलर सार्वजनिक » Celebrity Nepal
समाचार२०८३ भाद्र ३१, बुधबार १९:०९दुई सातामै कृष्णभीरमा नयाँ ट्र्याक,पृथ्वी राजमार्ग सञ्चालनमा
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र ३१, बुधबार १४:०७स्तन क्यान्सर सचेतनाका लागि असोज १७ मा ‘पिंकवाक २०२६’ आयोजना हुँदै, वसन्तपुरदेखि पाटनसम्म पदयात्रा
खेलकुद२०८३ भाद्र ३१, बुधबार ११:४६नेपालले आज जापानसँग भलिबल खेल्दै









