सामाजीक कथामा शेखर लामाले ‘लुसु’ निर्माण गर्दै

काठमाडौँ। दि पाल्म ग्रुप प्रालिको ब्यानरमा निर्माण हुने चौंथो चलचित्र ‘लुसु’ को औपचारिक निर्माण घोषणा गरिएको छ। शेखर लामाको निर्माणमा बन्ने चलचित्र ‘लुसु’ सामाजीक कथामा बन्नेछ। चलचित्रको निर्देशन नवराज श्रेष्ठले गर्ने भएका छन्। सन् १९९४ को चलचित्र ‘बादल’बाट अभिनय यात्रा सुरु गरेका श्रेष्ठले ‘जन्मभूमि’, ‘गुड लक’, ‘स्काउट’ लगायतका चलचित्रमा अभिनय गरि सकेका छन् । यो उनको निर्देशकीय पहिलो चलचित्र हुनेछ। पदम बिस्वकर्माले लेखेको कथामा चलचित्र बन्ने भएको छ।

दि पाल्म ग्रुपले निर्माण गरेको चलचित्र ‘टुल्की’ ले यसै बर्ष चलचित्र विकास बोर्डले प्रदान गर्ने बिसेष चलचित्र पुरस्कार जित्न सफल भएको थियो। सामाजीक कथामा नै चलचित्र बनाउन रुचि राख्ने निर्माता लामाले ‘लुसु’ पनि बिसेष रहने बताए। नवराज श्रेष्ठले निर्देशन गर्ने चलचित्रमा अजय स्यांङतान मुख्य सहायक निर्देशक रहनेछन्। नृत्य निर्देशन तथा कलाकारको भूमिकामा लिगेश भट्टराई अनुबन्धित भएका छन्। चलचित्रमा काम गर्ने अन्य कलाकार तथा प्राबिधिक छनोट कार्य भई रहेको निर्माता लामाले बताए। चलचित्रको बारेमा अन्य जानकारी छिट्टै प्रेस रिलिज मार्फत दिइने निर्माण टिमले जानकारी दिए।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २३, शुक्रबार १२:२१६८ प्रतिशत नेपालीलाई आवासीय अवस्था जीवनको सबैभन्दा ठूलो तनावको स्रोत
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:४०नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:१३पल मलिकासँगै रातो टीका लाउदा क्या दामी देखियो सामूहिक डान्स
समाचार२०८३ आश्विन २२, बिहीबार २१:१०जग्गा हदबन्दीको समस्या समाधानका लागि पहल









