रियालिटी शो ‘र्याप व्याटल नेपाल’ हुने

काठमाडौं । युजिसा इन्टरनेशनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह–आयोजनामा र्याप गीतको रियालिटी शो ‘र्याप व्याटल नेपाल’ हुने भएको छ ।आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै शोका बारे जानकारी दिँदै शो एपीवान टेलिभिजनबाट प्रसारण हुने बताए ।
युजिसा इन्टरनेशलका कार्यकारी निर्देशक सानु खानले शोका लागि फेब्रुअरीबाट अडिसन शुरु हुने बताए । उनका अनुसार टेलिभिजनमा अप्रिलबाट ¥याप ब्याटल नेपाल प्रसारण हुनेछ । ‘शोमा नेपाली सांगीतिक फाँटका देखि बलिउडका संगीतकर्मी निर्णायक हुनेछन्’, उनले भने ।
राज्य मिडिया नेटवर्कका अध्यक्ष एवं इभेण्ट सल्लाहकार सरोज ओझाले युवासहित सबै किसिमका दर्शकलाई सांगीतिक माहौलमाझ रम्ने वातावरण यस शोले दिने बताए ।
शोको अडिसन काठमाडौं, पोखरा, झापा, इटहरी, चितवनसहित भारतको दार्जिलिङ, सिलिगुढी र सिक्किममा हुनेछ । शोका इभेन्ट निर्देशक डेभिल सिंह राजपुतले शोको अडिसन दार्जिलिङमा माघ २५, सिक्किममा माघ २७, सिलिगढीमा माघ २९, झापामा फागुण ०२, इटहरीमा फागुण ०५, चितवनमा फागुण ०९, पोखरामा फागुण १२ र काठमाडौंमा १८ तथा १९ गते गरिने बताए । उनले विश्वभर छरिएर रहेका नेपाली भाषीहरुको लागि डिजिटल अडिसन गरिने राजपुतले जानकारी दिए ।
एपिवान टेलिभिजनका समाचार प्रमुख निरजराज जोशीले शोको सफलताको कामना गर्दै टेलिभिजनले शोलाई सफल पार्न सहयोगीको भुमिका निर्वाह गर्ने बताए । कार्यक्रममा पे वेलका असिस्टेन्ट सिईओ प्रज्वल आचार्य लगायतको उपस्थिति रहेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ श्रावण २३, शनिबार २०:५३एनपीएलको तेस्रो संस्करण कार्तिक ९ देखि
समाचार२०८३ श्रावण २३, शनिबार १९:३६कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन पक्राउ
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण २३, शनिबार १६:२७नेत्रज्योति सङ्घलाई डब्लुएचओले ‘पब्लिक हेल्थ अवार्ड’ प्रदान गर्ने
समाचार२०८३ श्रावण २३, शनिबार १४:१९बैतडीका १७८ जनाले घरमै पाए राहदानी









