शिशिर भण्डारीको सिरियल ‘फोटो फिरिममा’ यु ट्युब ट्रेण्डिङ्गमा

काठमाडाैं | कलाकार शिशिर भण्डारीले ‘फोटो फिरिममा’ सिरियलको प्रसारण सुरु गरेका छन् । आफ्नो चर्चित गीत ‘फोटो फिरिममा’को नाममा भण्डारीले सामाजिक र पारिवारिक सिरियलको निर्माण गरेका हुन् । सोमवार सिरियलको पहिलो भाग सार्वजनिक भएको छ । अब, हरेक सोमवार राती ८ः३० बजे ‘शिशिर भण्डारी’ युट्युब च्यानलमार्फत सिरियल हेर्न सकिनेछ । सिरियलले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ। सिरियलले यु ट्युब ट्रेण्डिङ्गमा समेत स्थान बनाएको छ।
सिरियलमा भण्डारीकै कथा, पटकथा एवम् संवाद लेखन छ। सिरियललाई सन्तोष राजबहाकले निर्देशन गरेका हुन्। सिरियलमा शिशिर भण्डारी, दिपिका थापा, आभा थापा, विपना बस्नेत, रिनेक्स बस्नेत, रिवाज गौतम, गीता थापा, मोहन भण्डारी, निरज घिमिरे, अविनाश गौतमलगायत कलाकारको अभिनय छ। बाल कलाकारका रूपमा अनुरोध भण्डारीले अभिनय गरेका छन्। थुप्रै म्युजिक भिडियोमा निर्देशन गरि सकेका सन्तोषले तेली सिरियल निर्देशनमा पनि राम्रो सम्भावना देखाएका छन्।
ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेको सिरियललाई राज कार्कीले सम्पादन गरेका हुन्। शिशिरको शब्द एवम् संगीतमा रहेको ‘फोटो फिरिममा’ गीतलाई निकै रूचाएका थिए।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ आश्विन २३, शुक्रबार १६:१२एनपीएल सिजन–३: क्लाउड एजुकेसन भिसा र काठमाडौं गोर्खाजबीच साझेदारी
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन २३, शुक्रबार १५:४२अन्सारीले संसद्मा उठाएका गम्भीर टिप्पणीप्रति नेशनल मेडिकल कलेजको आपत्तिः निष्पक्ष र पारदर्शी छानबिनका लागि तयार रहेको उल्लेख
समाचार२०८३ आश्विन २३, शुक्रबार १२:२१६८ प्रतिशत नेपालीलाई आवासीय अवस्था जीवनको सबैभन्दा ठूलो तनावको स्रोत
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:४०नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप









